ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारका कारण विकास निर्माणमा समस्या – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१९ बैशाख २०७६, बिहिबार   ७ : ०२   बजे


छबि सापकोटा, काठमाडौ, १९ वैशाख । बिकासको सपना देखाएको वर्तमान दुई तिहाइ सरकारले सोचो जस्तो बिकास निमार्णको काम गर्न सकिरहेको छैन । राजधानी देखि गाउघरसम्म सञ्चालनमा आएको बिकास निमार्णको काम तिब्र गतिमा अगाडी बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकदार कम्पनीलाई दोष देखाएका छन भने ठेकदार कम्पनीहरु भने सरकारले काम गर्ने वातावरण नबाएकै कारण निमार्णमा ढिलाई भएको बताउछन ।

बिकास र समृद्धि मुख्य एजेण्डा भन्दै अगाडी बढेको सरकारको एक वर्ष बितिसक्दा समेत राजधानीदेखि गाउघरसम्म सडक, पुल, बिभिन्न परियोजना लथालिङ्ग छन । केही विकासे परियोजनामा आशावादी काम भए पनि अधिकांश परियोजनामा सुरु भएका काम सकिएका छैनन्, सुरु गर्नुपर्ने काम सुरु नै भएका छैन । देशभरका सडक, पुल देखि बिकासका आयोजनाका काम समेत रोकिने अवस्थामा पुगेका छन । सरकारबाट मोबिलाइजेसन शुल्क लिने तर काम नगर्ने धेरै ठेकदार कम्पनीका कारण सरकारकै आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शमा ओलीले ठेकदारहरुको यो गलत प्रवृत्तिको विरुद्ध मंगलबार नेकपा संसदीय दलको बैठकमा आगो ओकेले । मोविलाइजेश शुल्क जग्गा प्लटिङमा लगाउने भन्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास निर्माणका प्रमुख बाधक बन्ने कतिपय निर्माण व्यवसायीहरुले मुलुकलाई ठगिरहेको आरोप लगाए ।

तोकिएकै समय नेपालमा भौतिक पुर्वधार निमार्ण कमै हुने गरेका छन । निर्माण कम्पनीहरु समेत राजनितिक शक्तिकेन्द्रको निकट रहेकै कारण काम नगर्ने ठेकेदारलाई कारवाही हुंदैन । तर, निमार्ण व्यवसायी संघका अध्यक्ष रबि सिंहले सरकारबाट मोबिलाइजेसन रकम लिएर दुरुपयोग गरिएको हो भने सरकारले किन कारवाही नगर्न नसकेको भन्दै प्रश्न गर्छन ।

ठेकेदारहरुले काम लिने तर समयमै नसक्ने कारणले सरकारको समेत आलोचना भएको छ । सरकारी सयन्त्रको रुपमा रहेको कर्मचारीेले समेतको मिलाममतोमा ठेक्का पट्टाको काम हुने भएकोले कारवाहीको भागिदार केही नहुने गरेका छन । प्रधानमन्त्री ओलीले समेत काम गर्न नै सक्ने हौसियत भएका कम्पनीकै कारण समस्या आएको बताए ।

ठेक्का हात पार्न सानो कम्पनीले ठूलासंग मिलेर टेन्डरमा भाग लिने र ठेक्का हात परेपछि फेरि अर्को सानो ठेकेदारलाई जिम्मा लगाएर हिंड्ने प्रचलन नेपालका निमार्ण व्यवसायीमा छ । मुआब्जा विवाद, अदालतको स्टे अर्डर, सडक पोल, खानेपानी ढल जस्ता समस्याको कारण समेत निमार्ण व्यवसायीहरुले काम गर्न नसकेको पनि सत्य हो । सरकारले काम गर्ने वातावरण बनाउन नसकेको निर्माण व्यवसायी अध्यक्ष सिह दाबी गर्छन् ।

यसो त समयमै काम नसक्ने निमार्ण व्यवसायीहरु धेरै नै छन । त्यसमाथि राजनितिक शक्ति, पहुच र ठुलो लेनदेनकै कारण ठेक्का पाएका कम्पनीहरुको अटेर गरेकै कारण निमार्णको काम रोकिने गरेको छ । जसको सिधा प्रभाव विकास र समृद्धिमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Divided Korea: A Sister’s Decades-Long Wait and a Son’s Perilous Journey

Israeli Strikes Kill Two, Target Medical Facilities in Escalating Gaza Violence

Russian Strike on Kyiv Munitions Warehouse Kills At Least 37

Zimbabwe Minibus Crash Kills At Least 27 Church Members

Hospital Fires Expose Neglect of Public Safety in India and Pakistan

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu