ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाग्मति सरसफाई अभियान शुरु भएको ३ सय ३१ हप्ता (भिडियोसहित)


एबीसी न्यूज
२९ भदौ २०७६, आइतबार   ११ : ४०   बजे

काठमाडौं, २९ भदौ । बाग्मति सरसफाई अभियान शुरु भएको ३ सय ३१ हप्ता पुगिसकेको छ । यो अभियानमा सरकारी तथा निजी सबै संघसंस्था सहभागी भएका छन् । तर पनि सोचेजस्तो बाग्मती सफा हुन सकिरहेको छैन ।

२०७० सालबाट बाग्मति सरसफाई अभियान शुरु भएको हो । सरसफाई अभियानमा सरकारी, निजी सबै संघसंस्था सहभागी हुने गर्दछन् । तर पनि बाग्मती सफा बन्न सकिरहेको छैन । सरसफाइ अभियन्ताहरु आफुहरुले जति नै सरसफाइलाई निरन्तरता दिएपनि निजि संस्थाका कारण सरसफाई अभियानमा बाधा भइरहेको गुनासोे गर्छन् ।

निजी संघ संस्थाहरुले कुनै पनि मतलब नगरी बाग्मतीको किनारमा ल्याएर थुपार्ने फोहोर सफा गर्न सधै आफुहरुलाई सकस भइरहेको गुनासो अभियन्ताहरुको छ । संघ संस्थालाई सरकारी निकायवाट लाइसेन्स दिइएता पनि फोहोरको व्यवस्थापन कसरी भएको छ त्यसको निगरानि भएको छैन । निजी संस्थाले फोहोर व्यवस्थापनको निहु“मा फोहोर संकलन गर्ने र फोहोर छुटाउने प्रविधिले उपत्यकाको अधिकांश सडक दुर्गन्धित भएको छ । यसलाई सम्वन्धित निकायले निगरानि गर्न आवश्यक रहेको अभियन्ता बताउ“छन् ।

निजि संघ संस्थाले फोहोर फाल्ने आधिकारिक लाइसेन्स प्राप्त गरेको बताउदै जथाभावी शैलीमा फोहोर थुपारिरहेका छन् । जसले गर्दा दुर्गन्धका कारण त्यहाका स्थानियवासीसंगै यात्रुलाई समेत बाटो हिड्न सास्ती भएको छ । यसो त आउदै गरेको नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटन ल्याउने लक्ष्य सरकारको रहेको छ । सरकारको फोहोरप्रति सचेतना नजाग्ने हो भने भ्रमण वर्ष २०२० पनि प्रभावित हुने एकजना अभियन्ता बताउ“छिन् ।

दैनिक आवतजावत गर्ने सर्वसाधारणले दुर्गन्धका कारण हिड्न कठिन भएको छ । आफैले चुनेर पठाएको जननिर्वाचितहरुको वेवास्ताका कारण दिन प्रतिदिन फोहोर मैला बढिरहेको छ । निर्वाचनको वेलामा भनेजस्तै जनताको हितको काम गर्ने वेला आएको सर्वसाधारणहरु वताउछन् ।

एउटा सभ्य नागरिक बन्नको लागि सबैले आफ्नो जिम्मेवारी पुरा गर्नु आवश्यक छ । सक्छौं सरसफाई गरौं, सक्दैनौं फोहोर नगरौं भन्ने अभियान चलाउनुपर्ने अहिलेको खाचो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu