ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)


एबीसी न्यूज
१५ बैशाख २०८३, मंगलबार   ७ : २९   बजे

काठमाडौँ — नेपाल सरकारले वैशाख १५ सम्म विद्यालय बन्द राख्ने, त्यसपछि वैशाख १५–२१ सम्म भर्ना अभियान सञ्चालन गर्ने र वैशाख २१ बाट मात्र पठनपाठन सुरु गर्ने निर्णय गरेपछि शिक्षा क्षेत्रमा व्यापक बहस र अन्योल देखिएको छ। निर्धारित समयमै पाठ्यक्रम पूरा हुने कि नहुने, पाठ्यघण्टा र पाठ्यभार कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठ्न थालेका छन्।

शिक्षा सरोकारवालाभन्दा सामाजिक सञ्जालमा यस विषयमा बढी प्रतिक्रिया देखिएको छ। सरकारको तर्फबाट शैक्षिक सत्र पछाडि सारिँदा उत्पन्न हुन सक्ने चुनौती र समाधानबारे स्पष्ट योजना सार्वजनिक नभएकाले अन्योल झनै बढेको देखिन्छ।

यस्तै, सरकारको ‘सुशासन मार्गचित्र २०८२’ अन्तर्गत कक्षा ५ सम्म वार्षिक वा औपचारिक परीक्षा नलिने, आन्तरिक मूल्यांकनमार्फत विद्यार्थीको मूल्यांकन गर्ने प्रस्तावले पनि बहस चुलिएको छ। परम्परागत परीक्षा प्रणाली हटाएर आन्तरिक मूल्यांकनमा जाने नीति व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्नेमा शिक्षाविद् र अभिभावकबीच जिज्ञासा छ।

यसै सन्दर्भमा एबीसी टेलिभिजनको कार्यक्रम इडियू 360 कार्यक्रममा बोल्दै शिक्षाविद् बासु प्रसाद सुवेदीले शिक्षा प्रणाली सुधारउन्मुख भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए। उनका अनुसार नीति स्तरमा ठूलो समस्या नभए पनि कार्यान्वयनमा ‘ठूलो खाडल’ देखिएको छ। “पाठ्यक्रम राम्रो बने पनि त्यसअनुसार शिक्षक तयारी र कार्यान्वयन हुन सकेको छैन,” उनले भने।

एकीकृत (इन्टिग्रेटेड) पाठ्यक्रम लागू भए पनि अधिकांश विद्यालय अझै वार्षिक र त्रैमासिक परीक्षामै केन्द्रित छन्। शिक्षकलाई आवश्यक तालिमको अभाव, निगरानी प्रणाली कमजोर हुनु, र विद्यालय तथा अभिभावकबीचको दबाबका कारण नयाँ प्रणाली प्रभावकारी रूपमा लागू हुन नसकेको उनको भनाइ छ।

परीक्षा प्रणालीका कारण वर्षमा करिब ३०–४० दिन समय परीक्षामै खर्च हुने गरेको उल्लेख गर्दै सुवेदीले यसले सिकाइ उपलब्धिमा असर पारिरहेको बताए। “लिखित परीक्षा मात्रले विद्यार्थीको चौतर्फी विकास सम्भव छैन,” उनले भने।

कक्षा ५ सम्म आन्तरिक मूल्यांकन लागू गर्ने सरकारको निर्णयलाई सकारात्मक मान्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट निर्देशिका र शिक्षक तालिम आवश्यक रहेकोमा जोड दिए। “निर्णय राम्रो हो, तर कार्यान्वयन सुनिश्चित नगरे कक्षा १–३ जस्तै समस्या दोहोरिन सक्छ,” उनले चेतावनी दिए।

हाल विद्यालयहरूमा ‘के गर्ने?’ भन्ने अन्योल देखिएको भन्दै उनले छिटो निर्देशिका जारी गरी शिक्षकलाई तयारी गराउनेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu