ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : १५   बजे

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले नवौँ स्थापना दिवस मनाएको छ। कपिलवस्तुको चन्द्रौटामा आयोजित समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई राष्ट्रहितमा उपयोग गर्न निर्देशन दिएका छन्।

महानिरीक्षक पौडेलले समयअनुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न आग्रह गरे। नागरिक सेवा, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने जिम्मेवारीमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ थियो।

मानवअधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्नुपर्नेमा जोड दिँदै पौडेलले सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमाक्षेत्रका गतिविधिमाथि सूक्ष्म निगरानी गर्न निर्देशन दिए। पछिल्लो समय सीमाबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उनले बताए।

सशस्त्र प्रहरी सीमा सुरक्षाको पहिलो पहरेदार भएकाले निष्पक्ष, जिम्मेवार र व्यावसायिक ढंगले काम गर्नुपर्ने महानिरीक्षक पौडेलको भनाइ थियो।

विपद् व्यवस्थापनमा पनि सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। विपद् व्यवस्थापन एकल प्रयासबाट सम्भव नहुने भन्दै अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न उनले निर्देशन दिए।

उनले वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात गर्दै संगठनको नीति तथा निर्देशनअनुसार अघि बढ्नसमेत आग्रह गरे।

समारोहमा कर्तव्यपालनका क्रममा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो।

बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना र हालसम्मका गतिविधिबारे जानकारी गराएका थिए।

१२ जिल्लामा १०६ इकाइ

विसं २०७५ भदौ ७ गते स्थापना भएको नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयअन्तर्गत १२ जिल्ला रहेका छन्। बाहिनीअन्तर्गत आठ गण, छ गुल्म, एक मद्दती सेवा गुल्म, नौ सीमा सुरक्षा गुल्म, ५० बीओपी, २७ सुरक्षा बेस र पाँच एफओबी गरी १०६ इकाइ रहेको जानकारी दिइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chelsea Face Crucial Season as Xabi Alonso Takes Reins

Nepal’s Communications Minister Inspects Landslide-Hit Nuwakot District

Macron Hosts Saudi Crown Prince MBS in Paris for High-Stakes Talks

Iran Signals Imminent Fuel Price Hike Amid Economic Strain

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन, ५१ वडाध्यक्षका काम र संघर्ष समेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu