ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन, ५१ वडाध्यक्षका काम र संघर्ष समेटिए


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : १५   बजे

जनकपुरधाम । लेखक सुरेशकुमार यादवद्वारा लिखित ‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन गरिएको छ। आइतबार जनकपुरधाममा मधेस प्रदेशका सभामुख रामआशिष यादवले पुस्तक विमोचन गर्नुभएको हो।

संघीयता सुदृढीकरण गर्ने उद्देश्यले लेखिएको पुस्तकमा मधेस प्रदेशका ५१ जना वडाध्यक्षले गरेका असल काम र उनीहरूको संघर्षका कथा समेटिएका छन्। पुस्तकमा दलित, महिला, आदिवासी जनजातिलगायत विभिन्न समुदायबाट निर्वाचित वडाध्यक्षका अनुभव समेटेर समावेशी स्वरूप दिइएको छ।

वीरेन्द्रकुमार यादव प्रकाशक रहेको पुस्तकको आवरणमा ‘समर्पण, सेवा र नेतृत्वका ५१ सूत्र’ भन्ने नारा राखिएको छ।

पुस्तकमा विभिन्न स्थानीय तहमा कार्यरत जनप्रतिनिधिको जीवन, संघर्ष र योगदानलाई केन्द्रमा राखिएको छ। सामान्य पारिवारिक तथा सामाजिक पृष्ठभूमिबाट आएका जनप्रतिनिधिले इमानदारी, पारदर्शिता र सामाजिक न्यायका माध्यमबाट नागरिकको विश्वास जित्न सफल भएका विषयलाई पुस्तकमा कथाका रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै, वडाध्यक्षहरूले आफ्नो क्षेत्रमा गरेका पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका सुधारका प्रयासलाई पनि पुस्तकमा विस्तृत रूपमा समेटिएको छ।

पुस्तकले राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम नभई जनसेवा र सामाजिक रूपान्तरणको प्रभावकारी साधनका रूपमा चित्रण गरेको लेखकले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित

सातै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

नेपालमा हरित हाइड्रोजनको सम्भावना र औद्योगिक रूपान्तरणबारे पुस्तक सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu