ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित


ABC NEWS
६ भदौ २०८३, शनिबार   ९ : ४५   बजे

काठमाडौं । सरकारले विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ताको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।

परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले विद्यालय कर्मचारीको माग सम्बोधन गर्ने दिशामा सकारात्मक कदम चालेको भन्दै निर्णयको स्वागत गरेका हुन्।

सरकारले सङ्घीय सरकारबाट उपलब्ध हुँदै आएको पारिश्रमिक अनुदानमा मासिक पाँच हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। यससँगै प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहयोगी तथा लेखा हेर्ने विद्यालय कर्मचारीको मासिक पारिश्रमिकमा वृद्धि भएको छ।

कसको पारिश्रमिक कति पुग्यो ?

सरकारको निर्णयअनुसार प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजार रुपैयाँबाट बढेर १७ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, विद्यालय सहयोगीको पारिश्रमिक १० हजार रुपैयाँबाट बढेर १५ हजार रुपैयाँ पुगेको छ भने लेखा हेर्ने विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँबाट बढाएर २० हजार रुपैयाँ पुर्‍याइएको छ।

परिषद्ले पारिश्रमिक वृद्धि विद्यालय कर्मचारीको लामो समयदेखिको आन्दोलन र मागको आंशिक सम्बोधन भएको जनाएको छ। सरकारको निर्णयपछि पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको परिषद्ले जनाएको छ।

थप माग पूरा गर्न आग्रह

यद्यपि, परिषद्ले पारिश्रमिक वृद्धि मात्रै पर्याप्त नभएको भन्दै विद्यालय कर्मचारीका अन्य माग पनि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

परिषद्ले विद्यालय कर्मचारीको सेवा–सुविधा, वृत्ति विकास, पेसागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी सिर्जना तथा स्थायी व्यवस्थापनलगायतका विषयमा पनि ठोस निर्णय गर्न माग गरेको छ।

परिषद्का पदाधिकारीहरूले सरकारले आगामी दिनमा बाँकी मागसमेत सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्। विद्यालय कर्मचारीको पेसागत सुरक्षा र स्थायी व्यवस्थापनका विषयमा सरकार गम्भीर बन्नुपर्ने उनीहरूको माग छ।

सरकारको पछिल्लो निर्णयले तत्कालका लागि आन्दोलन रोकिए पनि विद्यालय कर्मचारीको दीर्घकालीन व्यवस्थापन, सामाजिक सुरक्षा र पेसागत स्थायित्वका माग भने यथावत् रहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

सातै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

नेपालमा हरित हाइड्रोजनको सम्भावना र औद्योगिक रूपान्तरणबारे पुस्तक सार्वजनिक

 नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu