ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने


ABC NEWS
६ भदौ २०८३, शनिबार   ९ : ०५   बजे

धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिज्म भएका बालबालिकाका लागि देशका सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताएका छन्।

शनिबार धनगढीमा ‘अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ विषयमा आयोजित छलफलमा मन्त्री पोखरेलले आवासीय विद्यालय स्थापनाका लागि सरकारले बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिए।

उनका अनुसार आवासीय विद्यालय सञ्चालनको मोडालिटी तय गर्न छलफल भइरहेको छ। विद्यालयमा विद्यार्थी र अभिभावकलाई एकै स्थानमा राखेर पठनपाठनसँगै आवश्यक थेरापी तथा रचनात्मक गतिविधि सञ्चालन गर्ने तयारी छ।

मन्त्री पोखरेलले अटिज्म भएका बालबालिकालाई मूलधारको विद्यालयमा भर्ना गर्नुअघि आवासीय विद्यालयमार्फत आवश्यक शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी मापदण्डको मस्यौदा तयार गरिएको बताए।

“यसै वर्षदेखि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर कार्यान्वयनको प्रक्रिया अगाडि बढाउँछौँ। मूलधारको विद्यालयमा भर्ना गर्नुअघि त्यस्ता बालबालिकालाई आवासीय रूपमा स्वास्थ्य सेवा र आवश्यक शिक्षा दिने गरी मापदण्डको मस्यौदा बनेको छ,” उनले भने।

उनले अटिज्मसम्बन्धी विषयलाई आगामी शिक्षा ऐन, नीति तथा मापदण्डमा समेटेर सरकारले काम गर्ने आधार थप स्पष्ट बनाउने बताए।

मन्त्री पोखरेलले पछिल्ला वर्षमा अटिज्म भएका बालबालिकाको समस्या विश्वव्यापी रूपमा बढ्दै गएको उल्लेख गर्दै उनीहरू र अभिभावकका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए।

कार्यक्रममा राष्ट्रिय अटिज्म केयर सेन्टर सोसाइटीका अध्यक्ष रमेश बस्नेतले अटिज्म भएका बालबालिकालाई अन्य अपांगता भएका बालबालिकाभन्दा फरक ढंगले बुझेर उनीहरूको आवश्यकता सम्बोधन गर्नुपर्नेमा जोड दिए।

छलफल ‘अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ को कार्यान्वयन र आवासीय विद्यालय सञ्चालनको मोडालिटीमा केन्द्रित थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

नेपालमा हरित हाइड्रोजनको सम्भावना र औद्योगिक रूपान्तरणबारे पुस्तक सार्वजनिक

 नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu