ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी


ABC NEWS
६ भदौ २०८३, शनिबार   ९ : ४५   बजे

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज राति पनि वर्षाको सम्भावना रहेको जनाएको छ। कोसी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार राति ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा नुवाकोटको ककनीमा मापन गरिएको छ। ककनीमा २८ दशमलव २ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।

हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मधेस प्रदेश तथा कोसी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। त्यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले कोसी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासी र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाको मापन कसरी गरिन्छ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई हल्का वर्षा मानिन्छ। १० मिलिमिटरभन्दा बढी तर ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम वर्षा भनिन्छ।

त्यस्तै, ५० मिलिमिटरभन्दा बढी तर १०० मिलिमिटरभन्दा कम वर्षा भएमा भारी वर्षा मानिन्छ। १०० देखि २०० मिलिमिटर वर्षा भएमा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मानिने गरिएको छ।

स्थानगत पूर्वानुमानमा ‘एक–दुई स्थान’ भन्नाले १० प्रतिशतभन्दा कम भूभाग, ‘थोरै स्थान’ले १० देखि ३० प्रतिशत भूभाग र ‘केही स्थान’ले ३० देखि ५० प्रतिशत भूभागलाई जनाउने मौसमविद्हरू बताउँछन्। ५० देखि ८० प्रतिशत भूभागमा वर्षाको सम्भावना भए ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’ भन्ने शब्द प्रयोग गरिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Right-Wing Surge in Latin America Coincides with Trump’s Foreign Policy

US Sanctions on ICC President Spark Debate Over International Justice

Putin Warns of ‘Catastrophic Scenario’ for Ukraine Amid Escalating Strikes

ICC President Warns Sanctions Threaten International Law

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu