काठमाडौं । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–३ स्थायी घर भएका बिमल राजवंशी रहेका छन्।
राजवंशीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो।
एनसीबी काठमाडौं र एनसीबी मस्कट, ओमनको समन्वयमा राजवंशीलाई ओमनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले कतार एयरवेजमार्फत उनलाई नेपाल ल्याएको हो।
उनी शनिबार साँझ ४ः२९ बजे नेपाल आइपुगेका थिए। नेपाल आइपुगेपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्