ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा लगानी सम्मेलन : ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा (भिडियोसहित)


एबीसी न्यूज
१० आश्विन २०७६, शुक्रबार   २ : १०   बजे

काठमाडौं, १० असोज  ।नेपाल मै पहिलो पटक स्थानीय तहको आयोजनामा गरिएको तिलोत्तमा लगानी सम्मेलनले ५० अर्व बढी लगानीको अपेक्षा प्रस्तुत गरेको छ । आयोजकको दाबी अनुसार स्वदेशी र विदेशी लगानीकर्ताहरु सम्मेलनमा उपस्थित नदेखिएपनि लगानी गर्ने विषयमा कुनै कमी नहुने आयोजक अपेक्षा छ ।

नेपालमा पहिलो पटक स्थानीय तहको आयोजनामा लगानी सम्मेलनको आयोजना गरिएस्को छ । रुपन्देहीको तिलोत्तम नगरपालिकाले लगानी सम्मेलनको आयोजना गरि औद्योगिक तथा उद्यमको वातावरण निर्माण गर्न पहलकदमी लिएको छ । सम्मेलनमा स्वदेशी र बिदेशी लगानीकर्ताहरु नदेखिएपनि लगानी भित्रिनेमा आयोजकले अपेक्षा गरेको छ ।

सम्मेलनको आयोजना गर्ने घोषणा गर्दा नगरपालिकाले ५० अर्व बढीको लगानी भित्राउने अपेक्षा गरेको थियो । स्वदेशी तथा विदेशी लगानीको अपेक्षासहित सम्मेलन आयोजना गरिएको हो । चीन, नेपाल र भारतबाट ठूलो संख्यामा लगानीकर्ताहरुको उपस्थिती रहने बताइएको थियो । तर सम्मेलनको उदघाटनका दिनसम्म ती देशहरुबाट लगानीकर्ताको उपस्थिती भने नगन्य देखिएको छ । निकै महत्वाकांक्षी सोचकासाथ स्थानीय सरकारले गरेको लगानी सम्मेलन निकै अर्थ राखेको छ । पहिलो पटक स्थानीय सरकारको आयोजनामा भएको लगानी सम्मेलनले गरेर संघीयताको अपरिहार्यतालाई पुष्टी गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले दावी गरे।

मुलुक यतिबेला आर्थिक समृद्धिको यात्रामा छ । लगानी उत्पादन रोजगारी नै राज्यको प्राथमिकतामा परेको बेला यस्ता सम्मेलनको निकै अर्थ रहनछ । संविधानको प्रस्तावनामा समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको सम्बन्धमा स्थानीय सरकारको पहल स्राहनीय नै मान्न सकिन्छ । लगानी उत्पादन र रोजगारीबाट राष्ट्रिय पूंजीको निर्माण गरिनु जरुरी छ । लगानी सम्मेलन गर्नु आफैमा उपलब्धीपूर्ण रहेकोले विद्यमान दलाल पूंजीको अन्त गर्दै राष्ट्रिय पूंजी निर्माण गरिनु आवस्यक छ । नाकाबान्दीका बेला समेत अर्थतन्त्र रक्षागर्न अहम भूमिका खेलेको थियो तिलोत्तमा नगरले । मुलुकमा स्थिर राजनीति स्थायीत्व कायम भई लगानीको वातावरण भएको नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बताए ।

संघीय सरकारले लगानी नीति बनाउन केन्द्रीत भएको दावी गर्दै आएको छ । लगानी बोर्ड गठन गरि संघीय सरकारले यसअघि लगानी सम्मेनसमेत सम्पन्न गरेको छ । मुलुकभित्र लगानीको वातावरण बन्दै गएपछि स्थानीय सरकार समेत लगानी सम्मेलनमार्फत लगानी भित्र्याउने कसरतमा छन् । लगानीपछि देशभर औद्योगिक क्षेत्र शान्त छ । मजदुर आन्दोलन जस्ता तनाव लगभग शून्य छ । औद्यौगिक क्षेत्र शान्त र सुरक्षित भएको संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताए ।

संघीय सरकरले मुलुकमा लगानीको नीतिसंगै वातावरण बन्दै गएकोले लगानी उत्पादन र रोजगारीको क्षेत्रमा संभावना खुलेको दावी गर्दै आएको छ । संघीय सरकारको दावी भएपनि लगानी वातावरण बनाउन संघीय सरकार नै बाधक भएको प्रदेश नम्बर २ का मुख्मन्त्री लालबाबु रावतले बताए उता गण्डकी प्रदेशका आर्थिक मामीला मन्त्री किरण गुरुङले नाममा प्रदेश जोडिंदैमा अर्थतन्त्रले संघिय स्वरुप ग्रहण गरेको मान्न नसकिने तर्क गरिरहेका थिए । राज्यसंयन्त्रमा अहिले पनि केन्द्रिकृत मानसिकता कायम रहेको भन्दै गुरुङले एक दुईवटा कार्यालयहरुले प्रादेशीक नाम राख्दैमा र कार्यालय खोल्दैमा स्थानीयतहमा लगानीको बतावरण नबन्ने प्रतिक्रृया दिए ।

 सम्मेलनका आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमीरे भने लगानी सम्मेलनले गणीतिय हिसावमा ठ्याक्कै यती लगानी हुन्छ भन्न नसकिएपनि ५० अर्व बढीको लगानी नगरमा भित्रीने र ठुलो संख्यामा तिलोत्तमामा लगानीकर्ताहरुको लगानी आउने बिषयमा ढुक्क देखिन्छन् । आर्थिक मामीला मन्त्री, गण्डकी प्रदेश नेपालमा यस अघि नै ३ पटक केन्द्रिय तहमा लगानी सम्म्ेलन भई सकेकाछन् । संघिय संरचना नबन्दै २ पटक र गत चैत्रमा वर्तमान ओली सरकारकै नेतृत्वमा १ पटक केन्द्रिय तहमा लगानी सम्मेलन भईसक्दा स्थानीय तहमा भने तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलन पहिलो हो । स्थानीयतहको अग्रसरतामा गरिएको यस लगानी सम्मेलनले संघीय ब्यवस्था गलत नै छ भनेर प्रचार गर्ने तप्कालाई जवाफ मात्र फर्काएको छैन स्थाीयमा पनि उत्साह थपिदिएको छ । यो अभ्यास अन्य स्थानीय तहका लागि पनि अनुशरणको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group