ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली राजनीतिमा विकृति, विसंगती र अपराधहरु मौलाउँदै ( भिडियोसहित)


एबीसी न्यूज
३ कार्तिक २०७६, आइतबार   ११ : ४४   बजे


काठमाडौं, ३ कात्तिक । नेपाली राजनीतिमा अपराधीकरण मौलाउँदै गइरहेको छ । नेताहरुले राजनीतिलाई सेवाको रुपमा नलिई पेसाको रुपमा बुझेर काम गर्ने गरेकोले राजनीति दुषित हुँदै गइरहेको विज्ञहरु बताउँछन् । राजनीतिज्ञले स्वच्छ राजनीति गर्नुपर्ने भन्दै प्रशासन, न्यायलयलाई सत्ता र शक्तिको बलमा दबाब वा प्रभावमा पार्नु नहुने तर्क छ ।

नेपाली राजनीतिमा विकृति, विसंगती र अपराधहरु मौलाउँदै गइरहेका छन् । हुन त नेपालको राजनीतिमा अराजकता, विकृती, विसंगती र अपराधहरु हिजो पनि नभएका होइनन् । आज यी घटना घट्नुभन्दा बढी भइरहनु झन् दुःखद कुरा हो ।

आज हामी राजनीतिक रुपमा व्यवस्था र परिवर्तनको हिसाबले धेरै अगाडी बढिसकेका छौँ । हिजोको राज्य व्यवस्थाले हत्या, हिंसा, अपराध, शोषण, दमन, अन्याय अत्याचारलाई प्रश्रय दियो भनेर आन्दोलन गरी व्यवस्था परिवर्तन गर्ने राजनीतिक दलका नेताहरु नै अपराधमा मिस्सिन थालेका छन् । व्यवस्था परिवर्तन भयो, समय परिवर्तन भयो तर मान्छेको मानसिकता परिवर्तन हुन सकेको छैन । राजनीतिक दल र यसमा आवद्ध मान्छेहरु नै अपराधमा संलग्न हुनु अथवा त्यस्तो कार्यलाई बढवा दिनुले राजनीतिप्रति आम मान्छेको धारणा नकारात्मक बन्न थालेको छ । राजनीतिमा दिनप्रतिदिन अपराध मिसिन थालेपछि राज्यसंयन्त्र नै कमजोर भएको अथवा प्रश्रय नै दिइरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । राजनीतिमा अपराध जेलिनुको कारण राजनीतिज्ञ नै भएको विज्ञहरु बताउँछन् ।

देशमा लोकतन्त्र आयो । गणतन्त्र आयो । नयाँ संविधान पनि बन्यो । संघीय मुलकु बन्यो । आजको दिनमा देशमा तीन तहको सरकार छ । अभिव्यक्ति स्वतन्त्रता छ । बिकासका राम्रा जुनसुकै काम गर्न बन्देज छैन । यति हुनको निम्ति देशमा निकै लामो समयसम्म ठुलो राजनीतिक लडाइँ भयो । संघर्ष भयो । तर जनताले अपेक्षा गरे अनुरुपको नयाँ नेपाल निर्माण हुन नसकेको कतिपयको गुनासो रहदैँ आएको छ । नेताहरु धेरै जन्मिएका छन् । स्थानीय तहदेखि, प्रदेश र संघीय सरकार सम्म धेरै जनप्रतिनिधी निर्वाचित भएर जिम्मेवारी सम्हालीरहेका छन् । निर्वाचनको क्रममा निर्वाचन जित्नको निम्ति आर्थिक चलखेल देखि आतंक मच्चाउने र अपराध घटाउने सम्मको गतिविधि भइरहेका छन् । मानवता हराउँदै गइरहेको छ । जसरी हुन्छ सत्ता र शक्तिमा पुग्नुपर्छ भन्ने मानसिकता सबै नेता र राजनीतिक दलहरुमा विकास हुँदै गइरहेको छ । यसले गर्दा अपराधले प्रश्रय पाइरहेको छ । बरिष्ठ अधिवक्ता लभ कुमार मैनाली गलत राजनीतिक संस्कारका कारण अपराध मौलाउँदै गइरहेको बताउँछन् । सत्ता र शक्तिको आडमा राजनीतिज्ञहरु भयमुक्त हुनुले राजनीतिमा अपराधको श्रृङखला बढिरहेको उनको तर्क छ ।

राजनीतिक दलहरुले सुरुवाती अभ्यास नै जसरी पनि जित्ने र त्यसको निम्ति जुनकुनै हत्कन्डा अपनाउने गरेका कारण पछिल्लो पुस्ता पनि त्यस्तै मनोविज्ञानबाट ग्रसित छन् । हत्या, हिंसा, आतंक, बलात्कार, मानव बेचविखन जस्ता घटनाहरुमा राजनीतिक दलका नेताहरु नै मुछिने गरेका छन् । अपराधमा त सबै मुछिन्छन् नै तर गाउँ समाज र राष्ट्रकै नेतृत्व गर्ने बौद्धिक तहका मान्छे नै यस्ता घटनामा मुछिनुले विश्वमाझ नेपालीलाई बदनाम गराइरहेको छ । ठुला मान्छेहरुको अपराध प्रशासन, कानुन, सत्ता र शक्तिको आडमा दबिइरहेका छन् भने पिडितहरु झनै शोषित दमित भइरहेका छन् । न्याय पाएका छैनन् । राजनीति स्वच्छ नभएसम्म अपराध नघट्ने विज्ञहरुको भनाइ छ । अपराधशास्त्री माधव आचार्य राजनीतिले प्रशासन र न्यायलयलाई हस्तक्षेप गर्नु नहुने बताउँछन् ।

राजनीतिले अपराध नियन्त्रण गर्नुपर्छ । अपराध नियन्त्रण गर्न बनेका कानुन, नियमहरुलाई कडाइका साथ कार्यान्वयन गराउन पनि राज्य संयन्त्र तथा राजनीतिक दलहरु लाग्नुपर्छ । राजनीतिमा मौलाउँदो अपराधिकरणलाई घटाइ स्वच्छ, पवित्र र जनपक्षिय बनाउनुपर्छ । कानुनको परिपालना पनि सानालाई ऐन, ठुलालाई चैन बनाउनु हुँदैन । कानुनको नजरमा सबै बराबरी हुनुपर्छ । राजनीतिलाई संस्कारयुक्त बनाउँदै जनतामाझ विश्वसनीय बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group