ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध रसुवा बनाउन उद्घोष


admin
१९ कार्तिक २०७४, आइतबार   ३ : ४३   बजे

रसुवा १९ कात्तिक। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गएपछि समृद्ध रसुवा बनाउने उद्घोषका साथ राजनीतिक दलहरुले चुनावीसभालाई तीव्रता दिएका छन् ।

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य चयन हुने जिल्लामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको लोकतान्त्रिक गठबन्धनका मोहन आचार्य र प्रदेश (क) मा काँग्रेसकै प्रभात लामा र प्रदेश (ख) मा नयाँ शक्तिका पूर्वसभासद् प्रेम तामाङ चुनावी मैदानमा उभिनुभएको छ ।

यसैगरी वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेकपा (एमाले) का पूर्वसांसद जनार्दन ढकाल तथा प्रदेश (क)मा माओवादी केन्द्रका एमालेका कन्र्याल तामाङ र प्रदेश (ख) मा इन्द्रप्रसाद गोतामे उम्मेदवार रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । दुवै गठबन्धनले रसुवा जिल्लालाई पाँच वर्षमा समुन्नत बनाउने उद्घोष गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनले रसुवागढी अन्तराष्ट्रिय नाका व्यवस्थित गराउने, विद्युत् उत्पादनमा जलसम्पदाको यथेष्ट उपभोग गरी दाताको लगानी सुरक्षित पार्ने, युवालाई जलविद्युत् क्षेत्रमा रोजगारी दिलाउने, जलविद्य्तुको आयबाट तामाङ सम्पदामार्ग, लाङटाङ र गणेश हिमाल तथा गोसाइँकुण्ड मार्गमा पर्यटकीय पूर्वाधार बनाउने, प्रत्येक गाउँटोलमा सडक निर्माण गर्ने, वृद्धवृद्धालाई वृद्धभत्ता वृद्धि गर्ने, स्थानीय बासिन्दालाई रोजगारीमा पहिलो प्राथमिकता दिने, जिल्लाभित्रका सबैखाले सांस्कृतिक सम्पदाको संरक्षण गर्ने गराउने जस्ता विविध कार्यसूची राखेको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आचार्यले बताउनुभयो ।

“बाइस सय मेगावाट विद्युत् उत्पादन गर्नेलगायत जिल्लाका समग्र विकास कार्यक्रम द्रुत गतिमा अघि बढाउन र म इन्जिनीयर भएकाले गुणस्तरीय विकासका काम गराउन सक्ने हुनाले मतदाताले मलाई अवसर दिनेछन्” उहाँले भन्नुभयो ।

यसैगरी वाम गठबन्धनका उम्मेदवार पूर्वसांसद ढकालले रसुवागढी अन्तराष्ट्रिय नाकाको व्यवस्थापन, प्रत्येक गाउँमा मोटरबाटो बनाई कालोपत्र गर्ने, धार्मिक–सांस्कृतिक क्षेत्रको संरक्षण र संवद्र्धन, युवालाई रोजगारीको अवसर दिने, हिउँद बर्खा दुवैयाममा मोटर गुडाउन प्रत्येक ठाडो खोल्छामा पक्की पुल निर्माण गर्ने, बेत्रावती, लोकिल यार्सा, ठूलो स्याफ्रुका सडकमा कालोपत्र गराउने, थुमन, चिलिमे, गतलाङ, हाकु, ठूलोगाउँ सडक सञ्जाल, गाउँगाउँमा विद्युत् सेवा, गुणस्तरीय शिक्षा, यथेष्ट स्वास्थ्योपचार सेवा, विद्युत् उत्पादन द्रुत रुपमा अगाडि बढाउने, भत्तावृद्धि गराई वृद्धवृद्धालाई उचित सम्मान गर्ने जस्ता कार्य गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “ रसुवागढी टिमुरेमा सुख्खा बन्दरगाहको व्यवस्थापन, स्याफ्रुबेंसी–मैलुङ, भार्खु–ठूलो स्याफ्रु सडक निर्माण जस्ता विविध विकास निर्माणका काम मैले गरिसकेको छु, अब केही अपूरा काम पूरा गराउन जनताले मलाई चुन्ने विश्वास छ । ”

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेशन, लिवरल डेमोक्रेटिक पार्टी, नेमकिपा र एकीकृत राप्रपा(राष्ट्रवादी)ले पनि निर्वाचनमा भाग लिएका छन् । मंगोल र लिवरलले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उममेदवारी दिएका छन् भने नेमकिपा र एराप्रपा (राष्ट्रवादी) ले प्रदेशभामा मात्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा सात स्वतन्त्रसहित ११ र प्रदेशसभामा १३ जनाको उम्मेदवारी रहे पनि गठबन्धनका दलबाहेक अन्य दल तथा स्वतन्त्रको चहलपहल देखिएको छैन । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार जिल्लामा अपांगता भएका ४५४ समेत कूल ३२ हजार ३२२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । राजनीतिक दलका गठबन्धनले शान्तिपूर्ण तवरले चुनावीसभा गरिरहेको बताइएको छ ।

निर्वाचन शान्त र सहज तरिकाले सम्पन्न गर्न मतदान केन्द्रको निरीक्षण र सुरक्षाको तयारी तीव्ररुपमा अगाडि बढाइएको प्रजिअ हीरादेवी पौडेलले बताउनुभयो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री र सशस्त्र प्रहरी बलका प्रमुख प्रकाश वाग्लेले निर्वाचन सुरक्षामा आफूहरु तयार भइसकेको बताउनुभयो । निर्वाचन समयमा हुन सक्ने अवान्छित गतिविधि रोक्न सुरक्षागस्तीलाई समेत तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group