ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार हजार ५४२ घर परिवारको पुनःनिर्माण सम्झौता


एबीसी न्यूज
२३ कार्तिक २०७४, बिहिबार   ११ : ५२   बजे

चितवन, २३ कात्तिक (रासस) ः जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरपरिवारको पुनःनिर्माणका लागि सम्झौता सम्पन्न भएको छ ।

गुनासो व्यवस्थापनसम्बन्धी यहाँ आयोजना गरिएको अभिमुखीकरण अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार दुई हजार ७९२ घरपरिवारको सम्झौता हुन बाँकी रहेको छ ।

जिल्लामा रहेका भूकम्प प्रभावितमध्ये कतिपय भूमिहीन भएका कारण सम्झौता गर्न नआएको सचिवालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । यहाँ रहेका भूकम्प प्रभावितमध्ये ५९३ जनाले मर्मतका लागि निवेदन दिएको उहाँले बताउनुभयो ।
जिल्लामा अहिले घर निर्माणको काम सकिएको भन्दै पूरै रकम भुक्तानीका लागि ५०० जनाको निवेदन परेको छ । प्राधिकरणले प्राविधिक पठाउन ढिलाइ गरेसँगै घर निर्माणको काम शुरु गर्न नसकिएको कार्कीले बताउनुभयो । चालू आवमा ८० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ सचिवालयले काम अगाडि बढाएको भए पनि सम्झौताको काम नसकिनुले समस्या देखिएको छ ।

सरकारले जारी गरेको निर्देशिकाअनुसार कात्तिक मसान्तसम्म सम्झौता गर्नुपर्ने हुन्छ । योसँगै चालू आवभित्र घर निर्माणको काम पनि सक्नु पर्ने हुन्छ । सो कार्यक्रममा प्राधिकरणका सहसचिव नेत्रप्रसाद सुवेदीले आधार र प्रमाणबिना कसैले पनि गुनासो गर्न नपाइने बताउनुभयो । गुनासो सुनुवाइ एकाइ वडा तहमा नै रहेकाले वडास्तरबाटै गुनासोको समाधान गर्न सके प्रभावकारी हुने उहाँले बताउनुभयो । प्राधिकरणमा बढी मात्रामा भूकम्पपीडितको गुनासो सम्बन्धित जिल्लामा घर नबनाई अन्यत्र जिल्लामा घर बनाउन पाउने÷नपाउने र न्यून ब्याजमा रकम निकासीको मात्रै आउने गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group