काठमाण्डौ, २३ कार्तिक ।
नेकपा माओवादी केन्द्रले चारजना बागी उम्मेदवारसहित १० जना नेतामाथि कारबाही गरेको छ ।
आसन्न प्रतिनिधिसभा, प्रदेशसभाका निर्वाचनका लागि हुम्ला र सल्यानबाट बागी उम्मेदवारी दिने र तिनका प्रस्तापक तथा समर्थक गरी १० जनाको सदस्यता खारेज गरेको माओवादी केन्द्रले विज्ञप्तीमार्फत जनाएको छ । एमाले, माओवादीसहितका वाम गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको प्रदेश नम्बर ६ को कार्यालयको सिफारिस अनुसार उनीहरुमाथि अनुशासनको कारबाही गरिएको माओवादीले जनाएको छ । कारबाहीमा पर्नेमा पोलिटव्युरो सदस्यहरु उमाकान्त शर्मा, छक्कबहादुर लामा, भीमप्रकाश शर्मा तथा आयोजक समिति सदस्यहरु जीत बहादुर पुन, प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतिराम ओली, हरिलाल जोशी, टंक ढकाल र किर्ति बहादुर राना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्