ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित समुदायको अधिकारका लागि युवा सम्मेलन


admin
२४ कार्तिक २०७४, शुक्रबार   १२ : १३   बजे

काठमाडौँ, २४ कात्तिक ।  ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ शुरु गरिएको ‘नेपाल दलित युवा सम्मेलन’ चौधबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन गरिएको सम्मेलनबाट राजनीतिक विषयमा छलफल गर्दा राजनीतिक दललाई नेपालको संविधानबमोजिम समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताप्रति जिम्मेवार र जवाफदेही बनाउन दलित युवाको सक्रियतामा राजनीतिक दललाई अपिल गरिने छ ।

त्यसैगरी सम्मेलनले दलित समुदायको अधिकार सुनिश्चितताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध विस्तार गरी संयुक्त राष्ट्रसंघलाई जातीय विभेदका आधारमा हुने सबै प्रकारका विभेद तथा छुवाछूतजन्य व्यवहारलाई छुट्टै अन्तर्राष्ट्रिय समस्याका रुपमा लिई सम्बोधन गर्न र नयाँ संयन्त्र निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ ।

सम्मेलनमा ‘जातीय भेदभाव उन्मूलनका लागि युवा राजनीतिज्ञको भूमिका’, ‘सामाजिक आन्दोलन र दलित अधिकार’, ‘संवैधानिक अधिकार र कानून कार्यान्वयनमा दलित युवा’ तथा ‘दलित अधिकार प्राप्तिका लागि आम सञ्चारको भूमिका’ लगायतका विषयमा छलफल गरिएको थियो ।

दलित युवा एलायन्सद्वारा आयोजित उक्त सम्मेलनमा देशैभरिबाट करिब सयजना दलित युवाको सहभागिता रहेको थियो । जातीय विभेदसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, नीति र मानव अधिकारका सिद्धान्तको कार्यान्वयन गर्न तथा भए÷नभएको निगरानी गरी आमसञ्चारको माध्यमबाट सु–सूचित गर्न युवाले पहल गर्नेसमेत सम्मेलनले निर्णय गरेको दलित युवा एलायन्सका अध्यक्ष चेतनारायण रसाइलीले जानकारी दिनुभयो ।

‘नयाँ संविधानअनुरुप निर्माण हुने ऐन, कानून, नीति, योजना तथा कार्यक्रमको तर्जुमा प्रभावकारी रुपले दलित मैत्री बनाउनका लागि युवा सक्रियताको माध्यमद्वारा राज्यका सबै तहका अंग तथा निकायमा कार्यान्वयनका लागि वकालत गरिनेछ’, घोषणापत्रमा भनिएको छ ।

आम सञ्चारमाध्यमले दलितसम्बन्धी घटनालाई अनुसन्धान तथा विश्लेषणात्मक रुपमा निरन्तर प्रकाशन÷प्रसारण गरी अग्रसरता लिन पनि दलित युवाले समन्वय गर्ने भएका छन् । जातीय भेदभाव तथा (कसूर र सजाय) ऐन, २०६८ आए पनि पनि पानी छोएको निहँुमा वा अन्तरजातीय विवाह गरेकै कारण दलित युवाको ज्यान गएको छ ।

एलायन्सका अध्यक्ष रसाइलीले युवा सहकार्यको माध्यमबाट जातीय आधारमा गरिने सबै प्रकारका विभेद तथा छुवाछूतजन्य व्यवहारको शून्य सहनशीलताका लागि सामूहिक पहल गर्ने तथा सरकारले युवासम्बन्धी नीति निर्माण गर्दा दलित युवाको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा देशैभरिबाट सहभागी दलित युवाले दलित समुदायलाई प्राप्त अधिकार दलित समुदायभित्र रहेका मधेशी, महिला तथा सीमान्तकृत अल्पसङ्ख्यक जातजातिका लागि समानुपातिक वितरण गर्नुपर्ने मागसमेत गर्नुभयो ।

एलायन्सका महासचिव दीपक सोवीले संघ, प्रदेश तथा स्थानीय तहमा दलित समुदायको अधिकार सुनिश्चितताका लागि दलित युवाको सहकार्यलाई क्रियाशील बनाउने र स्थानीय तहमा निर्वाचित भएर आएका दलित समुदायका जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न पहल गर्ने बताउनुभयो ।
सम्मेलनले समग्र दलित तथा दलित युवाको क्षमतालाई अवमूल्यन गरी विभिन्न अवसरको पहुँचबाट वञ्चित गर्ने प्रवृत्तिलाई दुरुत्साहित गर्न सबै सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group