काठमाडौं ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक गरिएको छ । महाधिवेशन प्रतिनिधि टुङ्ग्याउन नसक्दा हिजो बन्द सत्र प्रभावित भएको थियो । आज दिउँसो २ बजेबाट बन्द सत्र सुरु गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ । सुरूमा करिब २८ सयको हाराहारीमा प्रतिनिधि रहेको बताइए पनि ४२ सयजति पुगेको नेता गणेश पराजुलीले बताएका छन् । यद्यपि सार्वजनिक सूचीमा त्यति संख्या पुग्दैन । महाधिवेशनमा कोशीबाट ५५१, मधेश ५४०, बागमती ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० प्रतिनिधि टुङ्गो लगाएको छ।







प्रतिक्रिया दिनुहोस्