काठमाडौं । सरकारले रसुवाको भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी आएको १३औँ दिनलाई राष्ट्रिय शोकका रूपमा मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
भोटेकोसी बाढीबाट ठूलो मानवीय क्षति भएको र अझै धेरै व्यक्ति बेपत्ता रहेको अवस्थामा सरकारले मृतकप्रति सम्मान तथा परिवारजनप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्