ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीपछि भारतको ‘मिसन नेपाल’ : राहतदेखि सुरुङ उद्धार र शव पहिचानसम्म


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ८ : २५   बजे

काठमाडौं । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि छिमेकी भारत राहत र उद्धारको अग्रमोर्चामा उभिएको छ ।

बाढी आएको दिनमै भारतले अत्यावश्यक मानवीय सहायता सामग्री नेपाल पठाउन सुरु गरेको थियो । त्यसयता उद्धार विशेषज्ञ, सुरुङ विज्ञ, फरेन्सिक टोली, औषधि तथा अन्य राहत सामग्री नेपाल पठाउँदै भारतले आफ्नो सहयोगलाई राहत वितरणमा मात्र सीमित नराखी उद्धारदेखि पुनर्निर्माणसम्म विस्तार गरेको छ ।

बाढी आएको दिनमै १० टन राहत

भोटेकोसी बाढीले ताण्डव मच्चाएको भदौ १० गते राति नै भारतीय वायुसेनाको विमानमार्फत १० टन अत्यावश्यक मानवीय सहायता सामग्री नेपाल आइपुगेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही दिन प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग टेलिफोन संवाद गरेपछि राहत सामग्री पठाइएको थियो ।

बुधबारसम्म भारतले पाँचौँ खेपअन्तर्गत राहत सामग्रीसँगै उद्धार टोली र औषधि नेपाल पठाइसकेको छ ।

हालसम्म भारतले नेपाललाई ७४ टन राहत सामग्री र ५.५ टन अत्यावश्यक औषधि उपलब्ध गराइसकेको छ । औषधिमा एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधि, शल्यक्रियामा प्रयोग हुने सामग्रीलगायत छन् ।

२०७२ सालको विनाशकारी भूकम्पमा पनि भारतले तत्काल राहत तथा उद्धार टोली नेपाल पठाएको थियो । यसपटक पनि बाढीपछि सहयोगका लागि नेपाल आउने पहिलो मुलुक भारत बनेको छ ।

सबैभन्दा कठिन मोर्चा : सुरुङभित्रको उद्धार

भोटेकोसी बाढीपछि नेपालसामु सबैभन्दा चुनौतीपूर्ण काम बनेको छ– जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार ।

माटो, चट्टान र हिलोले भरिएका सुरुङमा उद्धारकर्मीलाई प्रवेश गराउन कठिन भइरहेको छ ।

नेपाल सरकारको अनुरोधमा भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।

भारतबाट आएको सुरुङ उद्धार विशेषज्ञ टोलीले नेपाली सेनासँग सहकार्य गर्दै चिलिमे र लाङटाङ जलविद्युत् आयोजनाका सुरुङमा फसेको आशंका गरिएका कामदारको खोजी गरिरहेको छ ।

भारतीय टोलीले विशेष उपकरणको प्रयोग गरी कठिन भूभागमा सुरुङभित्र खोजी गरिरहेको छ ।

सिल्क्यारा उद्धारका ‘र्याट माइनर्स’ पनि तयार

सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ श्रमिकको सफल उद्धारमा सहभागी दिल्ली–एनसीआर क्षेत्रका ‘र्याट माइनर्स’ टोलीले समेत नेपाललाई आफ्नो विशेषज्ञता उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

टोलीका पुणेस्थित स्वयंसेवक संयोजक आनन्द कन्सालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेख्दै आवश्यक परे उद्धार कार्यमा सहभागी हुन आफूहरू तयार रहेको जानकारी गराएका छन् ।

भत्किएका सडक जोड्न भारतको बेलिब्रिज

बाढीले सडक र पुलको सम्पर्क विच्छेद गरेपछि राहत तथा उद्धार प्रभावित भएको अवस्थामा भारतले बेलिब्रिज निर्माणका उपकरणसमेत नेपाल पठाएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपाल आइसकेका छन् ।

थप सातवटा बेलिब्रिज जडानका लागि आवश्यक उपकरण पनि उपलब्ध गराउने भारतीय पक्षले जनाएको छ । पुल जडानका लागि प्राविधिक टोलीसमेत नेपाल आउने तयारीमा छ ।

बेलिब्रिजका मोड्युलर स्टिलका संरचना क्षतिग्रस्त क्षेत्रमा लगेर तत्काल जडान गर्न सकिने भएकाले सडक सम्पर्क पुनःस्थापना तथा राहत सामग्री ढुवानीमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भारतले राहत सामग्रीसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत समेत सहयोग गरिरहेको छ ।

बाढीबाट विस्थापित नेपालीहरू नेपाल–भारत मैत्री भवनमा आश्रय लिइरहेका छन् । भारतको सहयोगमा सञ्चालित अस्पतालले त्यहाँ रहेका बाढीपीडितलाई स्वास्थ्य उपचार तथा आवश्यक सहायता उपलब्ध गराइरहेको छ ।

शव पहिचानमा भारतको फरेन्सिक टोली

बाढीको पानी घटेसँगै अर्को गम्भीर चुनौती बनेको छ– बेपत्ता तथा मृतकको पहिचान ।

यसका लागि भारतले १९ सदस्यीय फरेन्सिक विज्ञ टोली नेपाल पठाएको छ ।

भारतीय विज्ञहरूले नेपालका फरेन्सिक विशेषज्ञसँग सहकार्य गर्दै बाढीपछि संकलन गरिएका डीएनए नमूनाको परीक्षण तथा शव पहिचानमा सहयोग गरिरहेका छन् ।

टोलीले नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला तथा खुमलटारस्थित राष्ट्रिय फरेन्सिक विज्ञान प्रयोगशालामा काम गरिरहेको छ ।

बाढीपछि भेटिएका कतिपय शव पूर्ण अवस्थामा नरहेकाले पहिचान चुनौतीपूर्ण बनेको छ । यस्तो अवस्थामा डीएनए परीक्षणबाट आफन्तलाई आफ्ना बेपत्ता सदस्यबारे यकिन जानकारी दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विद्यालय पुनर्निर्माणसम्म भारतको सहयोग

भारतको सहयोग खोज तथा उद्धारमा मात्र सीमित छैन ।

बाढीबाट गम्भीर रूपमा क्षतिग्रस्त नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता भारतले जनाएको छ ।

भारतकै सहयोगमा निर्माण भएको उक्त विद्यालय भदौ १० गतेको बाढीबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो ।

विद्यालयको पुनर्निर्माण गरी शैक्षिक गतिविधि पुनः सञ्चालन गर्न भारतले सहयोग गर्ने भएको हो ।

संकटमा छिमेकीको भूमिका

भोटेकोसी बाढीले सडक, पुल, बस्ती र जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएको छ । ठूलो मानवीय क्षतिसँगै सयौँ मानिस अझै बेपत्ता रहेको अवस्थामा उद्धार, शव पहिचान, स्वास्थ्य सेवा र पूर्वाधार पुनःस्थापनाका चुनौती एकसाथ देखिएका छन् ।

यही संकटका बीच भारतको सहयोग राहत सामग्री वितरणबाट सुरुङ उद्धार, फरेन्सिक पहिचान, स्वास्थ्य सेवा, सडक सम्पर्क पुनःस्थापना र विद्यालय पुनर्निर्माणसम्म फैलिएको छ ।

प्रधानमन्त्री शाहले बुधबार प्रतिनिधिसभामै भारत, चीनलगायत मित्रराष्ट्रले विपद्का बेला गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

भोटेकोसी बाढीले नेपालका लागि एउटा गम्भीर मानवीय संकट सिर्जना गरेको छ । तर यही संकटका बीच छिमेकी भारतले दिएको सहयोगले विपद्मा छिमेकी सहकार्यको अर्को उदाहरणसमेत प्रस्तुत गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

रसुवा बाढी : चीनबाट तेस्रो खेप राहत सामग्री नेपाल आइपुग्यो (फोटो)

भोटेकोसी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

इजरायली राजदूत र लुम्बिनीका मुख्यमन्त्रीबीच भेटवार्ता, कृषि र प्रविधिमा सहकार्य विस्तारको प्रस्ताव

चीनबाट बाढीपीडितका लागि राहतको दोस्रो खेप नेपाल आइपुग्यो, पाँच डीएनए विज्ञ पनि आए (तस्बिर)

सीमामा पहिरोपछि चीनले दैनिक जल तथा वातावरणीय तथ्यांक दिएको दूतावासको दाबी

रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu