ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट बाढीपीडितका लागि राहतको दोस्रो खेप नेपाल आइपुग्यो, पाँच डीएनए विज्ञ पनि आए (तस्बिर)


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ७ : १५   बजे

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत मंगलबार साँझ राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

सोही विमानबाट पाँच जना चिनियाँ डीएनए पहिचान विशेषज्ञ पनि नेपाल आएका छन्। उनीहरू विपद्मा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचान गर्न नेपाली पक्षलाई सहयोग गर्नेछन्। यी विशेषज्ञ नेपालमा आएको चिनियाँ सहयोगी विशेषज्ञको तेस्रो टोलीअन्तर्गतका हुन्।

ड्रोनदेखि डीएनए परीक्षण उपकरणसम्म

चिनियाँ दूतावासका अनुसार नेपाललाई उपलब्ध गराइएको दोस्रो चरणको राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश व्यवस्थापनका सामग्री रहेका छन्। सामग्री नेपालका तत्कालीन आवश्यकता र प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पठाइएको हो।

नेपाल आइपुगेका डीएनए विशेषज्ञहरू आवश्यक समन्वयपछि प्रभावित क्षेत्रमा पुगेर शव तथा बेपत्ता व्यक्तिको पहिचानसम्बन्धी काममा नेपाली टोलीलाई सहयोग गर्नेछन्।

राहत सामग्री हस्तान्तरण, विज्ञ टोलीको स्वागत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

मन्त्री पुनसहित नेपाली प्रतिनिधिले नेपाल आएका चिनियाँ डीएनए पहिचान विशेषज्ञलाई स्वागत गरेका थिए।

यसअघि चीनले पहिलो चरणमा ५० टन राहत सामग्री नेपाल पठाएको थियो। उक्त सामग्रीमा पाल, कम्बल, स्लीपिङ ब्याग, तयारी खाद्य सामग्री तथा प्राथमिक उपचारका सामग्रीसहित १३ हजार २०० वटा राहत सामग्री थिए। साथै चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोलीसमेत नेपाल आएका थिए।

खोज तथा उद्धारमा प्राविधिक सहयोग

भोटेकोशी बाढीपछि नेपालले उच्च क्षमताका ड्रोन, डीएनए परीक्षण उपकरण तथा अन्य विशेष प्राविधिक सहयोगका लागि चीनलगायतका मुलुकसँग आग्रह गरेको थियो।

विशेषगरी बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङ तथा दुर्गम क्षेत्रमा खोज तथा उद्धार गर्न अत्याधुनिक उपकरणको आवश्यकता देखिएको छ। चिनियाँ विशेषज्ञ र उपकरणको आगमनले शव पहिचान, खोज तथा उद्धार र प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

चीनले राहत सामग्री र विशेषज्ञ पठाउनुका साथै विपद् प्रभावित क्षेत्रसम्बन्धी उपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्यांक र पूर्वसूचनासमेत नेपालसँग साझा गर्दै आएको जनाएको छ।

यसअघि चीनले नेपाललाई आपत्कालीन नगद सहयोग तथा मानवीय सहायतासमेत उपलब्ध गराएको थियो। विनाशकारी बाढीपछि चीन, भारतलगायत विभिन्न मुलुकबाट नेपालमा खोज, उद्धार र राहतका लागि प्राविधिक तथा मानवीय सहयोग आइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने, काठमाडौंमा अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौँ ल्याइएका पहिचान नखुलेका शवको व्यवस्थापन सुरु, दुई दिनमा ८५ शव गोकर्णेश्वरमा पुरियो

सम्बन्धित

सीमामा पहिरोपछि चीनले दैनिक जल तथा वातावरणीय तथ्यांक दिएको दूतावासको दाबी

रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता

भोटेकोसी बाढीमा सम्पर्कविहीन जापानी नागरिकको खोजीमा जापानको उच्च तहमा चासो

डीएनए विज्ञ र राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान काठमाडौंमा

रसुवा बाढीमा पहिचान हुन नसकेका शवको डीएनए परीक्षणमा चीनले सघाउने

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu