ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा पहिचान हुन नसकेका शवको डीएनए परीक्षणमा चीनले सघाउने


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ४ : १५   बजे

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि फेला परेका तर पहिचान हुन नसकेका शवको पहिचानका लागि चीनले नेपाललाई प्राविधिक सहयोग गर्ने भएको छ। चीनले डीएनए पहिचानसम्बन्धी विज्ञसहित परीक्षण उपकरण र आवश्यक सामग्री नेपाल पठाउने तयारी गरेको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा चीनले नेपाललाई डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, ड्रोन, जलशुद्धीकरण उपकरण, प्रकाश उपकरणलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने जानकारी दिएका हुन्।

उनका अनुसार चिनियाँ डीएनए पहिचान विज्ञहरू पनि विपद् प्रभावित क्षेत्रमा पुगेर नेपाली विज्ञसँग सहकार्य गर्नेछन्।

बाढीपछि नदी तथा पहिरोबाट लामो समयसम्म प्रभावित भएका कारण धेरै शवको प्राकृतिक स्वरूपमा परिवर्तन आएको छ। कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले आफन्तबाट प्रत्यक्ष पहिचान गर्न कठिन भइरहेको छ। यस्तो अवस्थामा डीएनए परीक्षण शव पहिचानको महत्वपूर्ण माध्यमबनेको छ। नेपाल प्रहरीले समेत सम्पर्कविहीन व्यक्तिका प्रथम श्रेणीका आफन्तबाट डीएनए नमुना संकलन गर्न आग्रह गरिसकेको छ।

नेपालमा पहिचान हुन नसकेका शवको संख्या बढ्दै गएपछि शवको डीएनए, औँठाछाप तथा अन्य फरेन्सिक विवरण सुरक्षित राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ। पछिल्लो विवरणअनुसार उद्धार गरिएका सयौँ शवमध्ये थोरैको मात्रै पहिचान हुन सकेको छ।

चीनको सहयोगअन्तर्गत आउने विज्ञ र उपकरणले शवको डीएनए प्रोफाइलिङ तथा पहिचान प्रक्रिया थप तीव्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालका अधिकारीहरूले यसअघि नै विभिन्न मित्रराष्ट्रसँग डीएनए परीक्षण किट, फरेन्सिक सहयोग तथा अन्य प्राविधिक सामग्री माग गरेका थिए।

यसैबीच, बाढी तथा पहिरोपछि हजारौँ व्यक्ति अझै सम्पर्कविहीन छन्। मंगलबारको विवरणअनुसार नेपालमा ३ हजार ९ सय १६ जना सम्पर्कविहीनरहेको र मृतकको संख्या ९८७ पुगेको एपीले जनाएको छ। उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

चीनले डीएनए पहिचान विज्ञ र उपकरण पठाउनुका साथै ड्रोन तथा अन्य उद्धार सामग्री उपलब्ध गराउने सहयोगले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा पहिचान अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

रसुवा बाढीमा ३८ देशका विदेशी नागरिक प्रभावित, अवस्थाबारे विवरण संकलन हुँदै

उद्धारदेखि शव व्यवस्थापनसम्म सरकारलाई चुनौती : अन्तर्राष्ट्रिय सहयोग बढ्दै, तर फ्रिजर र डीएनए किटको अभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu