काठमाडौं,१८ मंसिर ।काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म २५ स्वर्ण पदक जितेको छ ।
हिजो २३ स्वर्ण जितेको नेपालले आज विहान भएको खेलमा २ स्वर्ण थप गरेको छ । कराते खेलाडी अनुपमाले मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । आज ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६–३ को सेटमा पराजित गरिन् । उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । आज दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् । उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।
सोमबार कराते र तेक्वान्दो र ट्रायथलनबाट १५ स्वर्ण जितेको थियो । १६ औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले नेपाललाई स्वर्ण दिलाएका हुन् । १७ औं स्वर्ण उसुको महिलातर्फकी खेलाडी सुस्मिता तामाङले दिलाएकी हुन् । नेपालले डुवाथोलनमा १८ औं स्वण पदक जितेको छ । पोखरामा मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्णपदक जितेका हुन् । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंगलबार तेश्रो दिन थप ५ स्वर्ण हात पार्यो । साग अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । यसैगरि उसुमा नेपालले तीन स्वर्ण जितेको छ । नेपालले पुरुष दुई र महिलातर्फ एक स्वर्ण हात पारेको हो ।
प्रतिक्रिया दिनुहोस्