काठमांडौ, २ मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नारीहरुको उत्थान नभई कुनै पनि मुलुकको विकास सम्भव नहुने बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले कुनै पनि मुलुकमा विद्यमान अन्धविश्वास र कुरीति हटाउन पनि नारी उत्थान अनिवार्य रहेको बताउनुभयो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्णजयन्तिको अवसर पारेर शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहा“ले गौतम बुद्धको शान्ति र करुणाको सन्देश विश्वभर फैल्याउ“दै मुलुकमा समृद्धि, प्रेम, शान्ति र सदभाव कायम गर्न पनि नारीहरुको योगदान महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले राजयोगको माध्यामबाट महिलाहरुको अन्तरनिहित क्षमताको विकास गर्न ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले खेल्दै आएको भूमिकाको खुलेर प्रशंशा पनि गर्नु भयो ।
राष्ट्रपति भण्डारीले सुखी समाज निर्माणका लागि योगको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्