ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्नि सापकोटामाथि कुनै मुद्दा लागेको छैन : मुख्यमन्त्री शंकर पोखरेल


sharan sharan
११ माघ २०७६, शनिबार   ५ : २७   बजे

बुटवल, ११ माघ ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश ५ ईन्चार्ज शंकर पोखरेलले नेकपाको तर्फबाट सभामुख प्रस्ताबित गरिएका अग्नी सापकोटा माथी कुनै पनि मुद्दा नलागेको स्पष्ट पार्नुभएको छ ।
प्रेस संगठनको प्रथम भेलालाई आज बुटवलमा सम्बोधन गर्दै पार्टी इन्चार्ज पोखरेलले उहांमाथी मुद्दा लगाउन पाउं भनेर दर्ता भएको निबेदनलाई मुद्दा लागेको भन्न नमिल्ने बताउनु भयो । उहांले मुलुकमा शान्ति प्रक्रियाले गति लिईरहेका बेला हिजोको बिषयलाई लिएर कुरा उठाउन नमिल्ने बताउंदै सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने काम आफुखुसी कसैले गर्न नहुने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले नेकपाको एकिकरण ठुलो पार्टी बनाउन र स्थायी सरकार चलाउनको लागि मात्र नभएको उल्लेख गर्दै मुलुकमा समाजबाद स्थापना गर्न पार्टी एकिकरण गरिएको बताउनु भयो । सामाजीक र आर्थिक आधार निर्माण नभई समाजबाद स्थापना नहुने उहांको भनाई छ ।
प्रेस संगठन आवद्ध पत्रकारहरुको क्षेमतामाथि प्रश्न उठाउंदै मुख्यमन्त्री पोखरेलले अन्तराष्ट्रिय अनुसन्धानले हरेक दृष्टिकोणबाट नेपालमा सुधार आएको प्रतिबेदन आईरहंदा नेपालका आम सञ्चारमाध्यममा नकारात्मक समाचार आईरहेको टिप्पणी गर्नुभयो । उहांले मोफसलका पत्रकारहरुले स्वतन्त्रतापुर्वक पत्रकारीता गर्न नपाएको बताउंदै काठमाण्डौमा बसेका सरकार बिरोधी पत्रकारहरुको जमातले मोफसललाई निर्देशित गर्ने गरेको आरोप लगाउनु भयो ।

प्रदेशको राजधानी र नामाकरणका बिषयमा आफ्नो निजी धारणा नभएको स्पष्ट पार्दै सहमती कै आधारमा राजधानी र नामको टुङ्गो लाग्ने बताउनु भयो । आफुले निर्वाचनका बेला घोराही राजधानी बनाउने कुरा उठाएको र महासचिव बिष्णु पोखरेलले बुटवल बनाउने घोषणा गर्नुभएको स्मरण गर्दै उहांले आफुले त्यो धारणा त्यागिसकेको र दुबैले त्यो धारणा त्याग्नु पर्ने बताउनु भयो । राजधानी र नाम बिभाजनक लागि होईन जोड्नकालागि हुनु पर्ने उहांको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार बिभाग उपप्रमुख सुर्य थापाले सरकारले गरेका राम्रा र भएका कामको रक्ष ागर्न संगठन आवद्ध पत्रकारहरु असफल भएको बताउनु भयो ।
प्रेस संगठनका सह संयोजक गणेश बस्नेतले नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई सरकार चलाउन बहुमत दिएको सत्यतालाई नेपाली मिडीयाले आत्मसाथ गर्न नसकेको आरोप लगाउनु भयो ।
प्रदेश भेलामा प्रदेशका १२ जिल्लाका संयोजक, सह संयोजक सहित प्रदेश कमिटीका सदस्यहरु, प्रदेश अन्तर्गतका केन्द्रिय सदस्य एवं सचिवालय पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सहभागिहरुलाई प्रेस संगठन रुपन्देहीका संयोजक अमृत गिरीले स्थागत गर्नुभएको थियो भने बुटवल घोषणापत्र जारी गर्दै संगठनका प्रदेश संयोजक सबिन प्रियाशनले समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group