बुटवल, ७ फागुन ।
समाजबादको प्रयोग राजनितीमा भन्दा ब्यवहारमा लागु हुनुपर्नेमा नेपालका समाजबादी नेताहरु सहमत देखिएकाछन् ।
७० औ प्रजातन्त्र दिवसका अवसरमा बि पी कोईराला अध्ययन प्रतिष्ठान रुपनदेहीले आज बुटवलमा आयोजना गरेको एक कार्यक्रममा बोल्ने नेताहरुले समाजबाद आफ्नै परिवार र घरबाट लागुगर्न सुरु गरिएमात्र मुलुकमा समाजबाद आउन सक्ने बताए । उनीहरुले माक्र्सबादको जगबाट समाजबादको जन्म भएको उल्लेख गर्दै बिपी कोईरालाले परिकल्पना गर्नुभएको प्रजातान्त्रिक समाजबादको जग पनि माक्र्सबाद भएको बताए । बिपी कोईरालाले स्वतन्त्रता सहितको समाजबादको प्रादुर्भाव गरेको स्मरण गर्दै उनीहरुले ५० औ वर्षपछिको समाजको परिकल्पना गर्न सक्ने ब्यत्तिःत्व बिपीमा भएकै कारण उनी महामानव भएको चर्चा गरे ।
कार्यक्रममा बोल्नै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप गिरिले समाजबादको अभ्यास घर र परिवारबाट सुरु हुनुपर्ने बताउनु भयो । उहांले प्रेम र समाजबादको चर्चा गर्दै आत्मसम्मान भित्रको प्रेममा समाजबाद पाईने बताउनु भयो । प्रेम भित्र स्वच्न्छता र स्वतन्त्रताको उच्चतम परिभाषा बिपी कोईरालाका कृतिहरुमा पाईने नेता गिरिले बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता राम कार्कीले नेपाली कांगैसले भन्ने गरेको प्रजातान्त्रिक समाजबादको जग माक्र्सबाद भएको उल्लेख गर्दै बिपी काईराला दक्षिण एृसियाकै महान समाजबादी नेता भएको बताउनु भयो ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर मिश्रले बिपीको बिचार र समाजबादको बाटोमा नेपाली कांग्रेस हिंड्न नसकेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खांड, युवराज गिरि लगायतले प्रजातन्त्र र बिपी कोईरालाका बहुआयामीक बिषयमा चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्