ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भित्रीन नदिन प्रदेश ५ मा बिशेष पुर्व तयारी


sharan sharan
२९ फाल्गुन २०७६, बिहिबार   १० : ३१   बजे

बुटवल, २९ फागुन।
‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा पूर्व सावधानी अपनाउन मुख्यमन्त्री शंकर पोखरेलले सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वतयारी बैठकमा उहाँले प्रदेशमा समेत सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेशका सिमानाकाबाट बाहिरीने र भित्रीने अन्य मुलुकका सवारीलाई प्रवेशमा रोक लगाउनका लागि छलफल गर्न मातहतका कार्यालयलाई निर्देशन दिनुभयो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश नं ५ सरकारले पूर्वतयारी सुरु गरेको छ । प्रदेशमा अहिलेसम्म रोग देखा नपरे पनि उच्च जोखिममा रहेको हुदा यसको नियन्त्रणका लागि पूर्वतयारी थालिएको प्रदेश सरकारले जनाएको छ ।
सरकारले प्रदेशका सिमानाकाबाट भित्रीने र बाहिर जाने अन्य मुलुकमा सवारी साधनलाई प्रवेशमा रोक लगाउने तयारी गरिएको छ । प्रदेश सरकारले सिमानाकामा राखिएका ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाइ विदेशबाट आउने यात्रुलाई उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी पठाउने व्यवस्था समेत मिलाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका ४ जिल्ला अस्पतालमा ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाइएको छ ।
“आवश्यक परेको समयमा खाली हुने गरि अस्पतालमा बेडको व्यवस्था गरिएको छ । फोकल पर्सन तोकिएको छ । प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले भन्नुभयो, “संक्रमण फैलिएमा आवश्यक विशेष सामाग्री तयारी अवस्थामा राखेका छौ । ”
फागुन २६ गते विपद् व्यवस्थापन समितिको बैठक बसेर कोरोना भाइरसको सम्भावित संक्रमण, फैलावट कम गर्न र निम्तने सक्ने विपद् व्यवस्थापनका लागि प्रदेशका विभिन्न स्थानमा क्वारेन्टाईनको उपयुक्त स्थान पहिचान गरी सुरक्षा निकायको समन्वयमा सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी गर्ने निर्णय भएपछी सोही अनुसार काम अगाडी बढाइएको मन्त्री बरालले बताउनुभयो ।
रुपन्देहीका सिमा क्षेत्रमा पनि निगरानी बढाइएको छ । रुपन्देहीमा सिमानाकामा दुई हजार ५९१ जनालाई स्क्रिनिङ टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।
प्रदेशका स्थानीय तहले पनि नागरिकमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन, समुदायमा माइकिङ र पर्चा वितरण गरेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराएको तिलोत्तमा नगपालिकाका प्रमुख वासुदेव घिमीरेले बताउनुभयो ।
“जहाँ भीडभाड हुन्छ, यस्तो ठाउँमा तुरुन्तै बन्देज लगाउनुपर्यो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘परिवार भन्दा बाहिर जमघट नगरौ ।” कोरोना भाइरसको संक्रमण फैलिन नदिन भिडभाडबाट जोगिन आवश्यक रहेको उहाँको भनाइ छ । ज्वरो आउने, रुघाखोकी लाग्ने,घाटी दुख्ने जस्ता लक्षण देखा परे स्वास्थ्य संस्थामा जचाँउन आग्रह गर्दै उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै असर देखिएको छैन, देखिइ हालेमा पूर्व तयारी गरेका छौ । ”
प्रदेश सरकारले प्रदेश ५ का १० वटा अस्पतालमा यसको तयारीका लागि आइसोलेशन बेड तयार पारेको छ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसोलेशन बेडका रूपमा छुट्याइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताउनुभयो ।
यसैगरी सामाजिक बिकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयले भेरी अस्पताल नेपालगञ्जमा डा प्रकाश थापा, पृथ्वी चन्द्र अस्पताल, परासीमा डा पवन अग्रहरी, तौलिहवा अस्पताल डा गणेश क्षेत्री , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डा सदिक्षा योगी, देवदह मेडिकल कलेज डा सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पामा डा दीपक भण्डारी, युसिएमएस भैरहवामा डा नविनजंग रायमाझी, नेपालगञ्ज मेडिकल कलेजमा डा सुन्दरजंग शाह र मिसन अस्पताल पाल्पामा डा गजेन्द्र नेपालीलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group