काठमाडौं ८ चैत । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई भर्ना गरिएको छ ।
भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा जगदीश जोशीले बताउनुभयो । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा जोशीले जानकारी दिनुभयो । तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उहांले जानकारी दिनुभयो ।
उनीहरूको रिपोर्ट सोमबार रिर्पोट आउने डा जोशीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्