काठमाडौं, १५ चैत (एबीसी न्युज) । विश्व महामारी बनेको क्रोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढी अमेरिकी नागरिक संक्रमित भएका छन् । विश्व स्वास्थ्यसंगठनका अनुसार अमेरिकाममा यो समाचार तयार पार्दासम्म १, १०७२५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र अमेरिकाममा १६ हजारभन्दा नयां संक्रमित भेटिएका छन् ।
कोभिड –१९ बाट अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १५८८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २९३ भन्दा बढीले ज्यान गुमाएका छन् ।
यस तथ्याङ्क अनुसार कोभिड)१९ को इपिसेन्टर चीनबाट इटाली र अब अमेरिका बन्न पुगेको छ ।
हलसम्म इटालीमा ८६हजारभन्दा बढी संक्रमित र ९१३४ जनाको निधन भएको छ । मर्नेहरुको संख्याका हिसाबले हिसाबले इटाली सबैभन्दा अगाडि र निकै ठूलो जोखिममा देखिन्छ । त्यसो त युरोपकै स्पेनमा ५५ हजार बढी संक्रमित र ५१३८ जनाको ज्यान गएको छ। ।
चीनमा भने पछिल्लो २४ घण्टामा मर्ने र संक्रमित हुनेको नयां तथ्याङ्क शून्य छ । हालसम्म चीनमा ८१ ह्जार बढी संक्रमित र ३२९२ जनाको निधन भएको पुरानै तथ्याङ छ ।
प्रतिक्रिया दिनुहोस्