काठमाडौं, ५ बैशाख (एबीसी न्युज) । विश्व महामारी बनेको क्रोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढी अमेरिकी नागरिक संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा यो समाचार तयार पार्दासम्म ६ लाख ७७ हजार ५७० जना भन्दा बढी अहिलेसम्म विश्वमा १ लाख ४५ हजार भन्दा बढीको दुखद निधन भएबको छ । निधन हुनेहरुमा पनि सबैभन्दा बढी अमेरिकामा नै ३४ हजार ६ सय भन्दा बढी रहेका छन्् । पछिल्लो १२ घण्टामा मात्र अमेरिकाममा २१७४ जनाले ज्यान गुमाएका छन् ।
यस तथ्याङ्क अनुसार कोभिड)१९ को इपिसेन्टर अमेरिकाको न्युयोर्क शहर बन्न पुगेको छ । न्युयोर्कमा मात्र अहिलेसम्म ११ हजारभन्दा बढीको निधन भएको छ ।
हलसम्म इटालीमा २२ हजार १७०, स्पेनमा १९३१५, फ्रान्समा १७९२५, बेलायतमा १३७९२, इरानमा ४८६९, बेल्जियममा ४८५७, नेदरल्याण्डमा ३३१५ र जर्मनीमा ४०५२ को निधन भएको छ ।
चीनमा भने पछिल्लो २४ घण्टामा मर्ने र संक्रमित हुनेको नयां तथ्याङ्क शून्य छ । हालसम्म चीनमा ८२ हजार बढी संक्रमित र ३३४२ जनाको निधन भएको छ । अहिलेसम्म मा चीन र दक्षिण कोरियामा संक्रमित र निधनको संक्रमण झण्डै रोकिएको जस्तो देखिउको छ ।
दक्षिण एशियाली देश भारतमा भने पछिल्लो १२ घण्टामा १०६० नयां संक्रमित भेटिएका छन् भने हालसम्म ४४८ जनाको निधन भएको छ ।
प्रतिक्रिया दिनुहोस्