ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिबजेट छलफलमा भाग लिन नपाएको भन्दै सत्तारुढ सांसदहरूकै आक्रोश


ABC NEWS
३१ बैशाख २०७७, बुधबार   ६ : ३५   बजे

काठमाडौं ३१ वैशाख । कोरोना भाइरस (कोभिड– १९) को कारण ढिलोग गरी आह्वान भएको संसदमा पेश भएको प्रि बजेट छलफलमा प्रशस्त मात्र मा छलफल गर्न नपाएको भन्दै सत्तारुढ नेकपाका सांसदहरुले नै आक्रोश व्यक्त गरेका छन् । चार दिन प्रिबजेट छलफल भएसंगै बुधबार सकिएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रिबजेटका क्रममा उठेका प्रश्नको जवाफ पनि दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रिबजेट छलफल सकिएको घोषणा गर्दै जवाफ दिन मन्त्री खतिवडालाई जवाफ दिन रोष्ट्रममा बोलाए लगत्तै सत्तारुढ नेकपाका सांसदहरूले भने बोल्न नपाएको भन्दै संसदमा आपत्ति प्रकट गरेका थिए ।
ढिलो संसद आह्वान भएकाले प्रिबजेटमाथि पर्याप्त छलफल हुन सम्भव भएन । संवैधानिक व्यवस्था अनुसार प्रिबजेट पहिले आउनुपर्ने सरकारको नीति तथा कार्यक्रम पछाडिका लागि सारिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार बजेट जेठ १५ गते आउनै पर्छ । त्यसको १५ दिन पहिले प्रिबजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भएपनि क्रोना संक्रमणका कारण नियमावली अनुसार हुन नसकेको नेकपा नेता दीनानाथ शर्माले बताए ।

नेकपा संसद गंगा चौधरी सत्गौवाले आफूले प्रिबजेट छलफलमा बोल्न नपाएकोमा उभिएर जनाइन् । उनले आफू निश्चित जातिको भएको र समानुपातिक सांसद भएकाले बोल्न नदिएको आरोप समेत लगाइन् । ुसमानुपातिक सांसद हो, थारुको चेली हो बोल्न जान्दिन भनेर समय नदिइएको हो,ु आक्रोशित भएकी उनले भनिरहेकी थिइन् ।

बोल्न नपाएका सांसद नारायणप्रसाद मरासिनीले तीन दिन बसेर पनि प्रिबजेट छलफलमा समय नपाएकोमा आपत्ति जनाए । ुहामी पनि जनप्रतिनिधि हौं, हामीले पनि बोल्न पाउनुपर्छ,ु उनी कड्किरहेका थिए ।

मुस्तांगका सांसद प्रेम तुलाचनले आफूहरूले बोल्दा विवादित हुन्छ भनेर समय नदिइएको आरोप लगाए । सांसद नारायणप्रसाद खतिवडालगायतले पनि आपत्ति जनाएका थिए ।

सभामुख सापकोटाले भने दलीय आधारमा नाम आएको र समय सकिएकाले बोल्न दिन नसकिने रुलिंग गरेका थिए । सापकोटाले सांसदहरूले उठाएका कुराप्रति ध्यानाकर्षण भएको र अर्कोपटक बोल्न दिने जवाफ दिएका थिए । घडी देखाउँदै सभामुख सापकोटाले भने ु१५ दिन पहिला प्रिबजेट छलफल सक्नैपर्छ । दलीय आधारमा आएको नाम हो तपाईंहरू बसिदिनुस् ।ु सांसदहरूले त्यति गर्दा पनि नमानेपछि सभामुखले पार्टीको संसदीय दलको बैठकमा कुरा उठाउन सुझाव दिएका थिए ।

नेकपा भित्रको विवादका कारण पनि संसदमा सत्तारुढ दलकै सांसदहरुले आक्रोश पोखेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group