ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपाली ल्याउने , (कुन देशबाट कति सूचिसहित)


एबीसी न्यूज
२६ जेष्ठ २०७७, सोमबार   १० : २५   बजे

काठमाडौ, २६ जेठ । सरकारले कोरोनाको कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई घर फर्काउने निश्चित भएको छ । सरकारले तोकेको प्राथमिकताको आधारमा २४ हजार १४८ जना नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने विवरण विदेशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका हुन् । सरकारले यसअघि अति नै समस्यामा परेकाको उद्धार गर्ने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाएको थिएन ।

परराष्ट्रमा दूतावासहरुले पठाएको विवरण अनुसार खाडीका देश र मलेसियामा पहिलो चरणमा १७ हजार ७७४ जनाको उद्धार गर्नु पर्ने अवस्थामा रहेका छन् । उद्धार गर्ने नेपालीमा साउदीबाट ३३ सय १२, यूएईबाट ४१०, बहराइनबाट ३७२, कतारबाट ३ हजार ६०८, मलेसियाबाट ६ हजार ४२५, ओमानबाट ६५६, कुवेतबाट २ हजार ९९१ रहेका छन् ।

यस्तै, माल्दिभ्समा कोरोनाको कारण समस्यामा परेका २७४ जना नेपालीको सरकारले उद्धार गर्ने भएको छ भने नेपाली श्रमिकको रोजगारीको गन्तव्य देश कोरियाबाट २८२ जना, साइप्रसबाट ४७१ जना र जापानबाट ९१६ जनाको उद्धार गर्ने भएको छ ।

यस्तै अमेरिकाबाट अहिले स्वदेश फर्काउन पर्ने नेपालीको सङ्ख्या ६४६ जना, ब्रिटिस क्षेत्रबाट ४९ जना , क्याडानाबाट ७८ जना र अस्ट्रेलियाबाट १३ सय जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलबाट ३९ जना, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, दक्षिण सुडानबाट १८ जना, सुडानबाट ३१ जना, मोरक्कोबाट६३ जना, थाइल्याण्डबाट ३५७ जना, सिंगापुरबाट ६१ जना, कम्बोडियाबाट ४१ जना, भियतनामबाट ४ जना, लाओसबाट २ जना, बंगलादेशबाट १८० जना, श्रीलंकाबाट ३६ जना, पाकिस्तानबाट १२५ जना, डेनमार्क, नर्वे, स्वीडेन र फिनल्याण्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरुले परराष्ट्र मन्त्रालयलाई पठाएका छन् । गएको शुक्रबार यूएईबाट १६८ जना र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

रोजगारीका लागि खाडीका देश र मलेसिया पुगेका नेपालीहरु स्वदेश फर्कन खोज्ने धेरै छन् । खाडीका देश र मलेसियाबाट मात्रै ४० हजार जनाले फर्कन खोजेको त्यहाँ रहेको नेपाली दूतावासको तथ्याँक छ । तर सरकारले पहिलो चरणमा अति नै समस्यामा परेकालाई मात्र प्राथमिकतामा राखेर स्वदेश फर्काउने भएको ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम कागजमा मात्र, कार्यान्वयन शून्यप्राय !

आन्दोलन कि हुलदंगा? १७ सांसदको भूमिकामाथि प्रश्न, सेनाको असहयोगमाथि आयोगको आक्रोश

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group