ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ५५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता एवं संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का बेला सरकारबाट पर्याप्त जनपरिचालन हुन नसकेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले विपद्को सुरुवाती चरणमा सरकारले सक्रियता देखाए पनि त्यसलाई निरन्तरता दिन नसकेको टिप्पणी गरे। उद्धार तथा राहतका लागि नेपाली सेना परिचालन भए पनि प्रभावित क्षेत्रमा व्यापक रूपमा जनपरिचालन हुन नसकेको उनको भनाइ छ।

‘प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने–आउनेमा त देखियो, सेनाले जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका पनि देखियो। त्यसका लागि धन्यवाद,’ प्रचण्डले भने, ‘सेना परिचालन भयो, जनपरिचालन भएन। जनपरिचालन नगर्दासम्म समस्याको वास्तविक समाधान हुँदैन।’

उनले विपद् व्यवस्थापनमा सुरक्षा निकायसँगै आम नागरिकलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिए। स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।

‘सेना परिचालनसँगै जनपरिचालन जोडिएन, केन्द्रीयसँगै स्थानीय सरकार जोडिएन भने समस्याको समाधान हुँदैन,’ प्रचण्डले भने।

उनले विपद्को प्रभावकारी सामना गर्न केन्द्र सरकारको नेतृत्वमा स्थानीय सरकार, सुरक्षा निकाय र नागरिकको समन्वय आवश्यक रहेको बताए। प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपलब्ध सबै जनशक्ति र संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

‘विपद्का बेला सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा पुगेन’ : आङदेम्बे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu