ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ४५   बजे

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रसुवाको भोटेकोसी बाढीबाट उत्पन्न संकट समाधानका लागि सरकारलाई सातवटा सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बादलले विपद्को सामना गर्न सरकारको कार्यशैलीमा परिवर्तनदेखि अन्तर्राष्ट्रिय सहयोग परिचालनसम्मका प्रस्ताव अघि सारे।

उनले प्रधानमन्त्रीले एकांकी शासनशैलीमा गुणात्मक परिवर्तन गर्दै संसद्लाई सरकारका गतिविधिबारे निरन्तर जानकारी गराउनुपर्ने बताए।

बादलका सात सुझाव यस्ता छन् :

१. प्रधानमन्त्रीको शासनशैलीमा परिवर्तन
प्रधानमन्त्रीले एकांकी शासनशैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने र सरकारका गतिविधिबारे सदनलाई निरन्तर जानकारी गराउनुपर्ने।

२. राष्ट्रिय सहमति र सर्वपक्षीय संयन्त्र
विद्यमान संकटको समाधान राष्ट्रिय सहमतिबाट खोज्नुपर्ने। त्यसका लागि राजनीतिक दल तथा विज्ञहरू सम्मिलित सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने।

३. संसदीय समिति गठन
सभामुखले सरकारलाई सचेत गराउन तथा आवश्यक सहयोग गर्न संसदीय समिति गठन गर्नुपर्ने।

४. अन्तर्राष्ट्रिय सहयोगका लागि विशेष कार्यदल
अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने।

५. उद्धार तथा राहतका लागि टास्कफोर्स
उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन रक्षामन्त्रीको नेतृत्वमा विशेष टास्कफोर्स गठन गर्नुपर्ने।

६. पुनर्निर्माणका लागि विशेष कार्यदल
विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने।

७. सगरमाथा संवाद अघि बढाउने
जलवायु परिवर्तनबाट उत्पन्न संकटको सामना तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन सगरमाथा संवादको दोस्रो संस्करण अघि बढाउनुपर्ने बादलको सुझाव छ।

बादलले रसुवा बाढीलाई तत्कालीन उद्धार र राहतको विषयमा मात्र सीमित नगरी जलवायु परिवर्तन, पुनर्निर्माण तथा अन्तर्राष्ट्रिय सहयोगको व्यापक दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने धारणा राखे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

‘विपद्का बेला सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा पुगेन’ : आङदेम्बे

‘परिवार सुरुङमा फसेको भए गृहमन्त्री आफैँ खोस्रिन जानुहुन्थ्यो कि विज्ञ लिएर?’ : आङदेम्बे

भोटेकोसी बाढीको उद्धारमा ढिलाइबारे गुनासो सुनिरहेका छौँ : प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu