ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘परिवार सुरुङमा फसेको भए गृहमन्त्री आफैँ खोस्रिन जानुहुन्थ्यो कि विज्ञ लिएर?’ : आङदेम्बे


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ३५   बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला गृहमन्त्री आफैँ उद्धारमा खटिएको विषयमा प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा भोटेकोसी बाढी र सुरुङमा फसेकाहरूको उद्धारबारे बोल्दै आङदेम्बेले मन्त्रीको व्यक्तिगत रूपमा उद्धारमा खटिएको दृश्यलाई प्रचारको विषय बनाइएको टिप्पणी गरे।

उनले गृहमन्त्री आफैँ प्रभावित क्षेत्रमा पुगेर सुरुङमा उद्धारका लागि खटिएको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएको उल्लेख गर्दै त्यसको प्रशंसा पनि गरे। तर, उद्धारजस्तो प्राविधिक काममा मन्त्री स्वयं खटिनुभन्दा विज्ञ तथा प्राविधिक टोली परिचालन गर्नुपर्ने उनको तर्क थियो।

‘एकजना मन्त्रीजी विपद् प्रभावित क्षेत्रमा गएर आफैँ खोस्रिएको फोटोले सर्वत्र प्रशंसा भएको छ। मैले पनि फोटो जुम गरेर हेरेँ, पसिना पनि आएको थियो। फोटो मलाई पनि राम्रो लाग्यो,’ आङदेम्बेले भने।

तर उनले मन्त्रीका परिवारका सदस्य नै सुरुङभित्र फसेको अवस्था भए गृहमन्त्रीले कस्तो भूमिका निर्वाह गर्नुहुन्थ्यो भन्दै प्रश्न गरे।

‘के मन्त्रीजीहरूका परिवारका सदस्य सुरुङभित्र फसेका भए मन्त्रीजी त्यसरी नै आफैँ खोस्रिन जानुहुन्थ्यो कि प्राविधिक र विज्ञसहित जानुहुन्थ्यो?’उनले प्रश्न गरे।

आङदेम्बेले सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले गम्भीर ढिलाइ गरेको आरोपसमेत लगाए। उनका अनुसार सात दिनसम्म उद्धारका लागि सम्बन्धित पक्षलाई प्रभावकारी रूपमा परिचालन नगरेर सातौँ दिनमा मात्रै आफैँ खोजी गर्न लगाउने निर्णय गैरजिम्मेवार थियो।

‘सात दिनसम्म कसैलाई जान नदिएपछि सातौँ दिन आफैँ खोज भन्ने गैरजिम्मेवार निर्णय सरकारले गर्‍यो,’ उनले भने।

उनले विपद्को समयमा राजनीतिक नेतृत्वले व्यक्तिगत रूपमा उद्धारमा खटिएको देखिनुभन्दा प्राविधिक क्षमता, विशेषज्ञता र प्रभावकारी उद्धार संयन्त्रलाई तत्काल परिचालन गर्नुपर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो

सम्बन्धित

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

‘विपद्का बेला सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा पुगेन’ : आङदेम्बे

भोटेकोसी बाढीको उद्धारमा ढिलाइबारे गुनासो सुनिरहेका छौँ : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीमा टनेलभित्र फसेकाको उद्धार चुनौतीपूर्ण : प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu