ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘विपद्का बेला सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा पुगेन’ : आङदेम्बे


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकार प्रभावित नागरिकको उद्धारमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा भोटेकोसी बाढीबारे धारणा राख्दै आङदेम्बेले सरकार विपद्को गम्भीरताप्रति संवेदनशील बन्न नसकेको टिप्पणी गरे। उनले जलविद्युत् आयोजनाका सुरुङमा कामदार तथा मजदुर फसेको अवस्थामा सरकारले समयमै खोज तथा उद्धार गर्न नसकेको दाबी गरे।

उद्धारका लागि प्रारम्भिक ७२ घण्टा अत्यन्त महत्वपूर्ण हुने भए पनि सरकारले त्यस अवधिमा पर्याप्त ध्यान नदिएको उनको आरोप छ। उनका अनुसार बाढी आएको सातौँ दिनमा मात्रै सरकारले सम्बन्धित जलविद्युत् आयोजनालाई खोज तथा उद्धारका लागि बोलाएको थियो।

आङदेम्बेले सरकारको ढिलाइ र असंवेदनशीलताका कारण सुरुङभित्र फसेकाहरूको ज्यान गएको भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाए।

‘सरकारको असंवेदनशीलता र ढिलाइका कारण सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या?’ उनले प्रश्न गरे।

उनले सरकार समयमै बाढी प्रभावित नागरिकसम्म पुग्न नसकेको आरोप लगाए।

‘सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिममा परेका समुदायमा समयमा पुगेन,’ आङदेम्बेले भने, ‘सरकार परिणाम दिन र प्राण जोगाउनुभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो, हल्लामा लाग्यो।’

आङदेम्बेले विपद्को समयमा सरकारको प्राथमिकता प्रचार नभई उद्धार, राहत र नागरिकको जीवन रक्षा हुनुपर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो

सम्बन्धित

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

‘परिवार सुरुङमा फसेको भए गृहमन्त्री आफैँ खोस्रिन जानुहुन्थ्यो कि विज्ञ लिएर?’ : आङदेम्बे

भोटेकोसी बाढीको उद्धारमा ढिलाइबारे गुनासो सुनिरहेका छौँ : प्रधानमन्त्री शाह

भोटेकोसी बाढीमा टनेलभित्र फसेकाको उद्धार चुनौतीपूर्ण : प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu