ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ३ : ०५   बजे

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का समयमा नेतृत्वको भूमिका आफैँ उद्धारमा दौडिनुभन्दा राज्यका सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्नु रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पराजुलीले संकटका बेला नेतृत्वले तत्काल सही निर्णय गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र अवरोध हटाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयंसेवकले राज्य र नेतृत्व आफ्नो साथमा दृढतापूर्वक उभिएको अनुभूति गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । “संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन । सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने, आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गराउने हो,” पराजुलीले भन्नुभयो । उहाँले विपद्का बेला नेतृत्वले कमाण्ड, समन्वय र सञ्चारको श्रृंखला बलियो बनाइराख्नुपर्ने बताउनुभयो । उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकले राज्य र नेतृत्व दृढतापूर्वक आफ्नो पछाडि रहेको अनुभूति गर्नुपर्ने उहाँको भनाइ थियो । “जिम्मेवार नेतृत्वको भूमिका उद्धारकर्मीका लागि साहस, सम्बन्धित निकायका लागि निर्देशन र नागरिकका लागि भरोसा हो,” उहाँले भन्नुभयो । पराजुलीले संकटका बेला पदमा रहनु मात्र नेतृत्व नभई आफ्नो जिम्मेवारी पहिचान गरी त्यसमा अडिग रहँदै प्रत्येक निकायलाई जिम्मेवार र परिणाममुखी ढंगले परिचालन गर्न सक्नु वास्तविक नेतृत्वको परीक्षा भएको बताउनुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा परिचालित सुरक्षाकर्मीप्रति आभारसमेत व्यक्त गर्नुभयो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu