काठमाडौं, ७ असार । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अंक बटुलेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोल अन्तरले हराएको हो ।
जितसंगै एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए ।
डिएगो कोस्टाको उपलब्ध गराएको पासमा सहि पोजिसनमा नरहेका गोलकिपर जोसे एन्टोनियो कारोको फाईदा उठाउँदै भिटोलोले गोल गरेका थिए ।
जितसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ । उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भालाडोलिड ३३ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।
अन्य खेलमा लेभान्तेले स्प्यानियोललाई ३–१ ले हराउँदा एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले पाखा लगायो । अर्को खेलमा गेटाफे र ईबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया दिनुहोस्