ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार


shreedhar Gautam
१० असार २०७७, बुधबार   ८ : ५४   बजे

काठमाडौँ, १० असार । पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएकी मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको थाहा भएपछि थप उपचारका लागि मङ्गलबार मध्याह्न हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

सुत्केरी व्याथाले च्यापेर सिकिस्त बिरामी बनेकी मन्दिराको रक्तस्रावसमेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा नारायण बरालले बताउनुभयो । “सोमबार राति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “ढिलोगरी अस्पताल ल्याइएकी मन्दिराको रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह रिफर गरिएको हो ।”

दोस्रो पटक गर्भवती हुनुभएकी मन्दिरालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत ग्राण्डी अस्पतालको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको जनाइएको छ । कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिनुभएकी मन्दिराको तीन वर्षीय छोरा छन् ।

मन्दिराको उद्धार, उपचारलगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सांसद विशाल भट्टराईले बताउनुभयो । “मौसम प्रतिकूलताका बाबजुद मन्दिरालाई हेलिकोप्टरमार्फत उद्धार गर्न सफल भइएको छ”, उहाँले भन्नुभयो, “काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको पाइएको छ ।”

केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्धारमा ढिलाइ भएको जनाइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका चार जना सुत्केरीको हेलिकोप्तरमार्फत उद्धार गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group