ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम


एबीसी न्यूज
९ असार २०८३, मंगलबार   ८ : ०२   बजे

काठमाडौं, ९ असार । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात झल्किएको टिप्पणी गरेकी छन् ।

मंगलबार फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै अभियन्ता बमले नयाँ पुस्तालाई असहिष्णु बन्न सिकाउने अभिव्यक्ति दुर्भाग्यपूर्ण रहेको बताएकी छन् ।

‘माननीय खगेन्द्र सुनारज्यूले महाधिवेशनमा अतिथिका रूपमा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबारे व्यक्त गर्नुभएको टिप्पणीमा शक्तिको मात र अहंकार झल्किन्छ,’ अभियन्ता बमले लेखेकी छन्, ‘विचार, सिद्धान्त र राजनीतिक मत फरक हुनसक्छन्, तर अतिथिको सम्मान गर्नु हाम्रो सभ्यता, संस्कार र लोकतान्त्रिक मूल्यको आधारभूत पक्ष हो।

असहमति व्यक्त गर्ने अधिकार सबैलाई छ, तर अपमान गर्ने अधिकार कसैलाई छैन । दुर्भाग्यवश, यस्ता अभिव्यक्तिहरूले नयाँ पुस्तालाई फरक विचार राख्ने मानिसप्रति असहिष्णु बन्न सिकाउँछन् ।’ उनले यस्ता प्रवृत्तिलाई सामान्य नबनाउन र अराजकता रोक्न रास्वपाजनसँग आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu