ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा चट्याङ् लागेर ४ जनाको मृत्यु, १ जना घाइते


shreedhar Gautam
११ असार २०७७, बिहिबार   ११ : ०३   बजे

सप्तरी, ११ असार । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको हो भने १ जना घाईते भएका छन् ।

सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेको छन् ।

बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ् लागेर मृत्यु भएको हो भने ललितादेवी यादव खेतमा धान रोप्न जाँदा र केसी साह पनि खेतमा काम गर्न गएका बेला चट्याङ् लागेर मृत्यु भएको भारतीले उहाँले बताउनुभयो ।

यस्तै सोही ठाउँकी १८ वर्षीया आशा मण्डल घाइते भएको उहाँले बताउनुभयो ।

‘सबै ठाउँमा घटना त्यस्तै बिहान ८ बजे आसपास भएका हुन्,’ डीएसपी भारतीले भन्नुभयो, ‘दुई जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचार गर्न लाँदै गर्दा मृत्यु भएको हो।’

आशा मण्डललाई भने घरमै काम गरिरहेका बेला चट्याङले लागेको प्रहरीले जनाएको छ। उपचारका लागि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group