ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जबजको आलोकमा समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल


shreedhar Gautam
१४ असार २०७७, आइतबार   १ : ०७   बजे

हेटौँडा, १४ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ ९जबज०ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जबजले समाजिक न्याय, समानता र समृद्धिका लागि आज पनि दिशानिर्देश गरिरहेको छ ।”

जननेता भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले जबज सिद्धान्तको आलोकमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकीरण गरेको जनाउनुभयो ।

सन्देशमा भनिएको छ , “आज नेपाल कम्युनिष्ट पार्टी ‘प्रतिस्पर्धा र श्रेष्ठता’ नीतिअनुसार जनताको लोकप्रिय मत प्राप्त करीब दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको छ । सुखी नेपाली, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयत्नरत छ । यसर्थ हिजोका राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमात्र होइन, आजको निर्माण र समृद्धिको आन्दोलनमा समेत जबजले मार्गदर्शन गरिरहेको छ । जबज जडसूत्रवाद होइन । माक्र्सवादको सिर्जनात्मक विकासको अत्यन्त सफल सिद्धान्त हो । जबजकै आलोकमा समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ ।”

सामाजिक न्याय र जनअधिकारका मुद्दाहरुलाई संविधानमा सम्बोधन गरिएको, राजनीतिक स्थिरताको सुनिश्चिता भएको उल्लेख गर्दै सन्देशमा यी सबै जननेता भण्डारी र उहाँकै विचारको देन हो भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group