ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुने


shreedhar Gautam
२० असार २०७७, शनिबार   १ : २६   बजे

काठमाडौं, २० असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) पाँच खेल हुँदैछ ।
प्रिमियर लिगमा शनिबार चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, लेष्टर सिटी लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् । शीर्ष तीनका लागि प्रतिस्पर्धा गरिरहेको चेल्सीले घरेलु मैदानमा वाट्फोर्डसँग खेल्नेछ । स्टामफोर्ड ब्रिजमा हुने चेल्सी र वाट्फोर्डबीचको खेल राति १२ ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा चेल्सी जित निकाल्दै शीर्ष तीनको यात्रालाई कायम राख्न चाहन्छ । चौंथो स्थानको चेल्सी तेस्रो स्थानको लेष्टर सिटी भन्दा एक अंकले पछि रहेको छ । अघिल्लो खेलमा वेष्ट ब्रमसँग पराजित भएपछि चेल्सीले शीर्ष तीनमा उक्लने मौका गुमाएको थियो । चेल्सीले ३२ खेलमा ५४ अंक जोडेको छ । लेष्टरको ५५ अंक रहेको छ । वाट्फोर्ड २८ अंकसहित लिगको १७ औं स्थानमा रहेको छ । शनिबार लेष्टर पराजित वा बराबरीमा रोकिएको खण्डमा र वाट्फोर्डलाई हराएमा चेल्सी तेस्रो स्थानमा उक्लनेछ । लेष्टरले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । खेल बेलुका ७स्४५ बजे सुरु हुनेछ । क्रिस्टल ४२ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ । यस्तै युनाइटेडले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ । दुई टोलीबीचको खेल बेलुका ७ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा जित निकाल्दै युनाइटेड शीर्ष चारमा रहेको टोलीविरुद्ध अंक दुरी कम गर्न चाहन्छ । पांचौं स्थानमा रहेको युनाइटेडको ५२ अंक रहेको छ । बर्नेमाउथ २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । आर्सनलले उल्भ्ससँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति १०ः१५ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । अर्को खेलमा नर्विच सिटीले ब्राइटनसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group