काठमाडौँ, ५ बैशाख । नेकपा माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । बिहान ११ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउनेछ । ‘भोलि बैठक बोलाइएको छ, अब नयाँ सरकार बन्ने भए पनि नभए पनि यो सरकारलाई समर्थन नरहेको जानकारी गराउँछौँ,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ । पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्