काठमाडौ, ११ बैशाख । शनिबार साँझ करिब ७ बजे बबरमहलस्थित आन्तरिक राजस्व कार्यालयको मध्य करदाताको फाइल भएको टिनको टहरो(स्टोर रूम०मा आगलागी भएको प्रहरीले जनाएको छ। ‘पहिला हामीले भूमि सुधारसँगै भएर त्यहीँकै होला भन्ठान्यौं। तर पछि बुझ्दा राजस्व कार्यालयको रहेछ’,महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले भन्नुभयो । आगलागीबाट स्टोर रूममा रहेका ग्यास टेबल जलेका छन्। यद्यपि मानव क्षति भने नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्