ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा सभामुखले डाके कार्यव्यवस्था परामर्श समिति बैठक


एबीसी / संवाददाता
१९ बैशाख २०७८, आइतबार   ७ : २५   बजे

पोखरा, १९ बैशाख । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । १५ वैशाखबाट स्थगित बैठक सुरु गर्न सभामुख अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो । एमाले संसदीयदलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार सोमबार ११ बजेका लागि बैठक डाकिएको छ । एमाले भने उक्त बैठकमा उपस्थित हुन/नहुने पक्का छैन । मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर बैठकमा जाने/नजाने निधो गर्ने अधिकारीले बताउनुभो । ‘हामी जाने/नजाने टुंगो छैन । बैठकभन्दा अघि दलको नेतासँग छलफल गरेर टुंगो लगाउँछौं,’ अधिकारीले भन्नुभयो । सभामुख नेत्रनाथ अधिकारीले आइतबारबाट दलहरुसँग छलफल थाल्नु भएको छ । । आइतबार सभामुख अधिकारीले राष्ट्रिय जनमोर्चाका संसदीयदलका नेता कृष्ण थापासँग समेत गर्नुभएको छ । बिहान ११ बजे सांसद थापा र सभामुखबीच भेटवार्ता भएको थियो । भेटमा सभामुख अधिकारीले जनमोर्चाका १५ वैशाखको बैठकमा अनुपस्थित सांसद खिमविक्रम शाहीबारे जानकारी लिनुभएको थियो । जनमोर्चाकी सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएपछि सभामुखले अविश्वास प्रस्तावमाथिको मतदान प्रक्रिया सुरु नगरी अनिश्चितका लागि बैठक स्थगित गर्नुभएको थियो । सभामुख अधिकारीलाई राजमो संसदीय दलका नेताथापाले शाही भेटिएको औपचारिक जानकारी गराएका छन् । ‘मैले जानकारी गराएँ, संसद कसरी सुरु गर्ने भन्नेबारे उहाँले दलको रायलिनुभयो,’ सांसद थापाले भन्नुभयो । भेटमा सांसद थापाले संसदको बैठक यथाशीघ्र छिटो डाक्न अनुरोध गरेको समेत बताउनुभयो । आफ्नो दलका कारण सदन अनिश्चितकालका लागि स्थगित भएपछि छिटो सुरु गर्न सुझाव दिएको थापाले बताउनुभयो । ‘दलको कारण धेरै समय स्थगित भएको छ, अब छिटो सुरु गर्नुस् भनेको छु,’ थापाले भन्नभयो । सभामुखले छलफलबिनै सदन स्थगित गरेको थापाको बुझाइ छ । अर्कोतर्फ राजमोकी सांसद पियारी थापा सांसद हराएपछि खोजीमा लाग्न बैठक स्थगित भएको बताउनुभयो । ‘कम्तीमा कार्यव्यवस्थाको बैठक राखेर बैठक स्थगित गर्नुपथ्र्यो नि, कि त प्रमुख सचेतकहरुलाई राखेर बुझ्नुपर्थ्यो,’ राजमो संसदीयदलका नेता थापाले भन्नुभयो सदन स्थगित गर्नेबारे निवेदन दिने बेला सांसद पियारी थापाले दलको कुरा नसुनी निवेदन दिएको उहाँको भनाइ छ । सभामुख नेत्रनाथअधिकारीले कृष्ण थापासँग छलफल गर्नुअघि कांग्रेस संसदी यदलका नेता कृष्णचन्द्र नेपाली पोखरलेसँग फोनवार्ता गर्नुभको थियो । ‘सभामुखज्यूले हाम्रा दलका नेतासँग पनि फोनवार्ता गरिसक्नु भएको छ,’ कांग्रेस सांसद कुमार खड्काले भन्नुभयो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा ३२ सांसदको साथ छ । गण्डकी प्रदेश सभामा कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले २ वैशाखमा अविश्वास प्रस्ताव पेस गरेका थिए । १५ वैशाखको बैठकको कार्यसूचीमा चढेको अविश्वास प्रस्तावमा मतदान नभई बैठक स्थगित भएपछि सत्ता र विपक्षी पार्टीबीच अविश्वासमा मतदान हुने/नहुनेमा तर्क–वितर्क हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Amputees Struggle Under Blockade and Rubble

EU Pursuing More Russia Sanctions After Failed Airport Attack: Kallas

Swiss Police Confirm Rave Attack Perpetrator as Lone Shooter

Israeli Settler Attacks Leave Pregnant Woman in Shock

Israel Destroys Over 130,000 Buildings in Gaza

UK’s Burnham Faces First Parliament Grilling, Vows to ‘Bring Back Hope’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu