ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा बैशाख १ गतेदेखि २१ गतेसम्म दुई हजार बढि संक्रमित निको


एबीसी / संवाददाता
२२ बैशाख २०७८, बुधबार   ११ : ०७   बजे

बाँके, २२ वैशाख ।  कोरोनाको दोस्रो लहर शुरु भएलगत्तै हटस्पट बनेको बाँकेमा बैशाख महिनाको हालसम्म मात्रै दुई हजार ३११ जना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार दोस्रो लहरमा संक्रमण पुष्टि भएका अधिकांशमा विभिन्न प्रकारका खतरनाक लक्षणहरु भएपनि बैशाख १ गतेदेखि २१ गतेसम्म २ हजार ३११ जनाले भाइरस संक्रमणलाई जितेर घर फर्किएका हुन् ।

अधिकांशमा विभिन्न लक्षण देखिएपनि १४ महिनाको दुधे बालकदेखि १११ बर्षकी बृद्धा समेत गरेर दुई हजार ३११ जना निको भै घर फर्किएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँले संक्रमित थपिने क्रम धेरै कम नभएपनि निको हुने क्रम भने उल्लेख्य भएकोले यसले सबैलाई उत्साहित बनाएको बताउनुभयो । १४ महिनाका बालकदेखि १११ वर्षका बृद्धा समेतले कोरोनालाई परास्त गर्न सफल भएकोले आत्मविश्वास र हिम्मतका साथ लड्ने हो भने यो भाइरसलाई जित्न सकिन्छ भन्ने पुष्टि गरेको फोकल पर्सन ओलीले बताउनुभयो । उता, चिकित्सकहरुले पनि समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने सहज रुपमा भाइरस संक्रमणलाई पराजित गर्न सकिने जनाएका छन् ।

भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या भए तत्काल पीसीआर परीक्षण गरेर रोग अनुसारको उपचार पाएकाहरुले सहज रुपमा भाइरसलाई पराजित गरेको बताउनुभयो ।
उहाँले संक्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि नियमित रुपमा अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा केयर गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझावलाई फ्लो गर्नेहरुले भाइरसलाई जित्दै आएको बताउनुभयो । यसैविच बैशाख महिनाको २१ दिनमा मात्रै बाँके जिल्लामा संक्रमितको संख्या ६ हजार १४३ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिलेपनि जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ६४६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu