ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा


एबीसी न्यूज
१० श्रावण २०८३, आइतबार   ८ : ४२   बजे

काठमाडौं १० साउन । अनशनरत डा. गोविन्द केसीसँग आज औपचारिक वार्ताको तयारी गरिएको छ। यसअघि अनौपचारिक छलफल भइसकेको अवस्थामा सरकारले वार्ताका लागि उच्चस्तरीय टोली धनगढी पठाएको हो।

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल हिजो नै धनगढी पुग्नुभएको छ। त्यस्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हिजो साँझ डा. केसीका सहयोगी अमृत जैसीसँग टेलिफोनमार्फत संवाद गर्नुभएको थियो।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि आज औपचारिक वार्तामा सहभागी हुन धनगढी पुग्ने कार्यक्रम रहेको छ।

धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन सुरु गर्नुभएका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज (शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) का उपकुलपति र रजिस्टार नियुक्ति गैरकानुनी भएको आरोप लगाउँदै डा. केसीले बिहीबारदेखि आमरण अनशन सुरु गर्नुभएको हो।

यता, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले पनि विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी डा. केसीले उठाएका विषयमा सम्बन्धित निकायले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढीको ८ दिन : राहतभन्दा ठूलो प्रतीक्षा—‘आफ्ना मान्छे जीवित छन् कि छैनन् ?’

ब्रान्डेड चामलको बोरामा कमसल चामल भरेर बिक्री गर्ने सञ्चालक पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu