ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रान्डेड चामलको बोरामा कमसल चामल भरेर बिक्री गर्ने सञ्चालक पक्राउ


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ८ : ०५   बजे

काठमाडौं । कमसल चामललाई ब्रान्डेड चामलको बोरामा प्याकिङ गरी बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले बाफलस्थित केशरी नन्दन खाद्य स्टोर तथा श्री गढीमाई प्याकेजिङ उद्योगका सञ्चालक मुकेश सिंहलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार कुलेश्वरस्थित न्यू प्रकाश खाद्य उद्योगमा जय श्री फुड्स प्रालिको ‘भान्सा घर’ ब्रान्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उद्योगमा जाँच गरेको थियो।

जाँचका क्रममा प्रहरीले ‘भान्सा घर–लङ ग्रेन प्रिमियम स्पेशल राइस’ लेखिएको २० किलो दरका तीन बोरा कमसल चामल फेला पारेको थियो।

गोदाममा थप सामग्री बरामद

प्रहरीले गोदाममा कार्यरत व्यक्तिसँग सोधपुछ गर्दा उक्त कमसल चामल बाफलस्थित सिंह सञ्चालक रहेको उद्योगसँग सम्बन्धित रहेको खुलेको जनाएको छ।

त्यसपछि प्रहरीले सिंहको उद्योगको गोदाममा समेत खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले ‘भान्सा घर’ नाम लेखिएका २७ बोरा चामल, १० वटा खाली बोरा तथा ‘जय श्री फुड्स’ लेखिएका चामलका बोरा सिल गर्न प्रयोग हुने १० वटा प्लास्टिक स्टिकर बरामद गरेको छ।

कालोबजार मुद्दामा अनुसन्धान

पक्राउ परेका सिंहविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराधसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिंह मोरङको विराटनगर महानगरपालिका–१०, तीनटोलियाका स्थायी बासिन्दा रहेको र हाल कुलेश्वरमा बस्दै आएको प्रहरीले जनाएको छ। उनी मुकेश कुमार नामले समेत चिनिने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

सर्वोच्च अदालतमा आगलागी : ‘विद्युत् सर्ट’ कि अवाञ्छित गतिविधि ? छानबिन सुरु

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजपत्र जले

ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने नीतिमा अमेरिकी अदालतको रोक

भोटेकोसी बाढी : एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu