काठमाडौं । रसुवास्थित भोटेकोसी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ ।
३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव फेला परेको छ । ४२१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २२२ शव फेला परेको हो ।
हालसम्म ८८२ शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।
नेपाल प्रहरीका अनुसार हालसम्म एक हजार ९२ शवको डीएनए संकलन गरिएको छ । ५६३ बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको छ । जम्मा एक हजार ६५५ डीएनए संकलन गरिएको छ ।
बेपत्ताको संख्या चार हजार ८७५ रहेको छ । यसमा विदेशीको संख्या ६०१ छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्