ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत प्रमुखसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ७ : ५५   बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले गैरकानुनी लाभ वा हानि, गलत लिखत तथा सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतराज कान्त मिश्र छन्।

अख्तियारका अनुसार रुपन्देहीको साविक भुजौली–९(ख) मा रहेको हदबन्दीमा परेको तथा सार्वजनिक भइसकेको जग्गालाई पुनः व्यक्तिको नाममा दर्ता गरिएको थियो। आयोगले सरकारी तथा सार्वजनिक प्रयोजनमा रहेको जग्गालाई कानुनी प्रक्रिया मिचेर व्यक्तिको नाममा पुर्‍याइएको आरोप लगाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसुरमा जनही ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूलाई कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ।

यस्तै, जग्गाधनी पर्वतराज कान्त मिश्रलाई मुख्य कसुरदारहरूलाई गैरकानुनी लाभ पुर्‍याउने कार्यमा मतियार भएको आरोप लगाइएको छ। उहाँविरुद्ध पनि ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह कैद तथा जरिवाना र सम्बन्धित जग्गा जफत गर्न मागदाबी गरिएको छ।

अख्तियारका अनुसार हदबन्दीमा परी सार्वजनिक भइसकेको जग्गालाई ‘छुट जग्गा’ भन्दै अदालतको आदेशको गलत व्याख्या गरी व्यक्तिको नाममा दर्ता गरिएको थियो। यसरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउँदा राज्यलाई आर्थिक नोक्सानी भएको आयोगको दाबी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीद्वारा धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

सम्बन्धित

मन्दिरलाई दान गरिएको जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा मालपोत प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

मालपोतका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रसुवा बाढी प्रभावित क्षेत्रमा २३२ पटक हेलिकप्टर उडान

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu