ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ६ : २५   बजे

काठमाडौं । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा अझै सनाखत हुन नसकेका व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए प्रोफाइलिङ प्रक्रिया अघि बढाएको छ। हालसम्म सम्पर्कविहीन व्यक्तिका परिवारका ५ सय ३६ जनाबाट डीएनए नमुना संकलन गरिएको छ।

बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार १ सयभन्दा बढी पुगे पनि ठूलो संख्यामा शव तथा शवका अवशेषको पहिचान हुन नसक्दा आफन्तले शव बुझ्न पाएका छैनन्। हालसम्म ९५ जनाको मात्रै शव आफन्तलाई बुझाइएको छ भने एक हजारभन्दा बढी शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी अस्पतालले बाढीमा मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव पहिचान गर्न डीएनए प्रोफाइलिङ सुरु गरेको प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

उनका अनुसार बाढीमा हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारबाट संकलन गरिएका नमुनालाई फेला परेका शव तथा शरीरका अंगबाट प्राप्त डीएनएसँग तुलना गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको हो।

आफन्तले कहाँ गएर नमुना दिन सक्छन् ?

नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीका अनुसार सम्पर्कविहीन आफन्तका परिवारले आफ्नो परिचय खुल्ने कागजात र दुई प्रति फोटोसहित अस्पतालमा पुगेर रगतको नमुना दिन सक्नेछन्।

नमुना दिन चाहने व्यक्तिले अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न कठिनाइ हुनेलाई अस्पतालले आवश्यक सहयोग तथा सहजीकरण गर्ने जनाएको छ। त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले रगतको नमुना संकलन गर्नेछ।

संकलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा परीक्षणका लागि पठाइनेछ।

प्रहरीका अनुसार शव वा शरीरका अंगको डीएनए परीक्षणमार्फत पहिचान गर्न नजिकको रगतको नाता भएका बाबु, आमा, छोरा वा छोरीमध्ये कम्तीमा एक जनाको रगतको नमुना आवश्यक पर्नेछ।

नमुना दिन चाहने व्यक्तिले दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

विदेशी नागरिकका आफन्तले विदेशबाटै डीएनए पठाउन सक्ने

बाढीमा हराइरहेका विदेशी नागरिकको पहिचानका लागि पनि प्रहरीले छुट्टै व्यवस्था गरेको छ।

विदेशमा रहेका हराइरहेका व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले आफ्नो देशमै डीएनए प्रोफाइलिङ गराएर त्यसको सफ्टकपी नेपाल प्रहरीलाई पठाउन सक्नेछन्।

प्रहरीका अनुसार उक्त डीएनए प्रोफाइल तुलना प्रयोजनका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सकिनेछ।

शवको कोडिङदेखि फरेन्सिक परीक्षणसम्म

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको सेन्स अफ क्राइम अफिसर (SOCO) सहितको टोली परिचालन गरिएको छ। टोलीले घटनास्थलमा पुगेर शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरिरहेको प्रहरीले जनाएको छ।

फेला परेका शव तथा शरीरका अवशेषको घटनास्थलमै आवश्यक लासजाँच मुचुल्कालगायतका कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ। शवलाई सुरक्षित रूपमा डेडबडी ब्यागमा राख्ने, फरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने तथा सम्भावित आफन्तलाई पहिचान गर्न सहज होस् भनेर शवका तस्बिर र उपलब्ध विवरणसमेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

सनाखत हुन नसकेका प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत तथा कोड नम्बर दिइएको छ। शवको फोटो, हुलिया, पहिचानका चिन्ह, लगाएका कपडा तथा साथमा फेला परेका सामग्रीलगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको प्रवक्ता काफ्लेले बताए।

उनका अनुसार जमिनमा पुरिएका शवको समेत सम्भावित पहिचानका लागि आवश्यक डीएनए नमुना संकलन गरिसकिएको छ।

डीएनए परीक्षणले आफन्तको प्रतीक्षा अन्त्य गर्ने आशा

बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन हुँदा आफन्तहरू लामो समयदेखि आफ्ना परिवारका सदस्यको अवस्थाबारे अनिश्चिततामा छन्। पहिचान खुल्न नसकेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षणमार्फत सनाखत गर्न थालिएको डीएनए प्रोफाइलिङले आफन्तलाई आफ्नो परिवारका सदस्यको अवस्थाबारे यकिन जानकारी प्राप्त गर्ने बाटो खोल्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार परिवारबाट संकलित डीएनए प्रोफाइल र फेला परेका शव तथा अवशेषबाट प्राप्त डीएनएबीच तुलना गरी सम्भावित पहिचान कायम गरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

भोटेकोसी बाढीमा प्राधिकरणका ४९ कर्मचारी अझै सम्पर्कविहीन, सुरुङभित्र पुग्न ‘ब्लास्टिङ’देखि डिवाटरिङसम्म

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

भोटेकोशी बाढीपछि बीमा दाबी २५ अर्ब नाघ्यो, क्षति बढ्दै जाँदा खर्ब पुग्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu